काठमाडौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । शुक्रवार केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशन कार्यतालिका हेरफेर भएको संयोजक महादेवप्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाएको छ ।
संशोधन अनुसार गाउँ तथा नगरपालिकाको अधिवेशन अगामी असोज ९ गते हुने भएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ मा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक क्षेत्र भएका जिल्लामा असोज १५ गते र एक भन्दा बढी
क्षेत्र भएका जिल्लाहरुमा असोज १८ गतेका लागि तय गरिएको छ ।
प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गतेका लागि तय गरिएको छ । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरका लागि यथावत छ ।