Monday, June 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

दाँत बिगार्ने १८ बानी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in स्वास्थ्य
दाँत बिगार्ने १८ बानी
31
SHARES
Share on FacebookShare on Twitter

हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः

बरफ चबाउनु
बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन। तर, कडा र जमेका आइस क्युब मर्‍याङमर्‍याङ चबाउँदा हाम्रा दाँत चोइटिन/भाँचिन सक्छन्। यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ। धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ।

माउथ गार्ड नलगाई खेल्नु
तपाईं फुटबल, हकी, क्रिकेट खेल्नुहुन्छ भने ‘माउथ गार्ड’ नलगाई मैदानमा नपस्नुहोस्। प्लास्टिकबाट निर्मित माउथ गार्डले माथिल्लो लहरका दाँतमा चोटपटक लाग्नबाट जोगाउँछ। माउथ गार्ड खेलकुद सामग्री पाइने पसलमा किन्न सकिन्छ अथवा आफूलाई फिट हुने गरी डेन्टिस्टसँग बनाउन पनि सकिन्छ।

सुत्नुअघि बोतलबाट दूध खुवाउनु
बालबालिकालाई सुत्नुअघि बोतलबाट दूध खुवाउनाले उनीहरूको दाँत बिग्रन्छ। सुत्नुअघि बोतलमा दूध खुवाउँदा दाँत उम्रन थालेदेखि नै बिग्रन सुरु हुन्छ। बोतल मुखमा हालेर सुत्दा मुख दूधले भरिन्छ र रातभर उनीहरूका दाँत ‘सुगर’ (ल्याक्टोज) मा डुब्छन्। जसले दाँतमा किरा लाग्नुका साथै बिग्रन थाल्छन्।

जिब्रो छेडेर गहना लगाउने
झट्ट हेर्दा फेसनेबल देखिए पनि जिब्रो छेडेर विभिन्न किसिमका गहना लगाउनु दाँतका लागि हानिकारक छ। ओठमा गहना लगाउनु पनि दाँतका लागि हानिकारक छ। जिब्रो वा ओठमा भएका गहना टोकिन सक्ने भएकाले दाँत भाँचिन सक्छ। त्यस्तै ती धातुका गहना ओठ र गिजामा रगडिँदा घाउ हुनसक्छ। घाउमा धातु वा ब्याक्टेरियाको संक्रमण हुनसक्छ। गहना लगाउन छेड्दा कुनै ठूलो नसा पनि छेडिन सक्छ, जसले रक्तस्राव र संक्रमण हुनसक्छ। जिब्रो/ओठ छेडेर गहना लगाउनुअघि दन्तचिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ।

दाह्रा किट्नु 
निदाएका बेला दाह्रा किट्दा पनि दाँत चाँडै बिग्रन्छन्। यो समस्या नियन्त्रण गर्न कठिन हुन्छ। दिउँसो कडा/साह्रो खानेकुरा नखाए दाह्रा किट्ने बानीबाट  हुने दुखाइ र हानि केही घटाउन सकिन्छ। सुत्दा माउथ गार्ड प्रयोग गरेमा पनि दाह्रा किट्दा हुने असर न्यून गर्न सकिन्छ।

खोकीको औषधि
औषधि पसलमा बेच्नासाथ खोकीको औषधि (कफ ड्रप्स) स्वस्थकर हुन्छन् भन्ने हुँदैन। यस्ता कफ ड्रप्समा चिनी (सुगर)को मात्रा प्रसस्त हुन्छ। त्यसैले यस्ता ड्रप्स खाएपछि नबिर्सिकन कुल्ला गर्नुपर्छ। खोकीका चक्की, क्यान्डी वा ड्रप्स जस्तो स्वरुपमा भए पनि टाँसिने पदार्थ हुन्छ, जुन दाँतमा टाँसिन्छ। यसरी टाँसिने गुलियो पदार्थ सुगरलाई ब्याक्टेरियाले एसिडमा परिणत गर्छ। जसले दाँतको इनामेल खियाउँछ।

लस्सादार क्यान्डी
गुलियो पदार्थ (सुगर) मिसिएका सबै प्रकारका क्यान्डीले दाँत बिगार्छन्। अझ लस्सादार क्यान्डी दाँतमा घन्टौंसम्म टाँसिन्छ र यसको सुगरबाट ब्याक्टेरियाले बनाउने एसिडले दाँतको इनामेल खियाउँछ। तपाईं क्यान्डी खानुहुन्छ भने बेग्लै खानुभन्दा भोजनका बेला खानु उपयुक्त हुन्छ, किनभने भोजनका बेला मुखमा धेरै र्‍याल उत्पादन हुन्छ, जसले दाँतमा अड्केका क्यान्डीका टुक्रा र सुगर भोजनमा लैजान्छ वा दाँत सफा गर्छ।

सोडायुक्त पेय
सुगर मिसिएका खानेकुरामा क्यान्डी मात्र होइन, सोडा लगायत कोल्ड ड्रिंक्समा ११ चिया चम्चा जति चिनी (सुगर) मिसिएको हुन्छ। सोडामा फोस्फोरिक एसिड र साइट्रिक एसिडसमेत मिसिएको हुन्छ, जसले दाँतको सेतो बाहिरी भाग इनामेल खियाउँछ। ‘डाएट’ भनेर आउने सफ्ट ड्रिंक्समा चिनी नभए पनि कृत्रिम गुलियोका रुपमा अझ बढी एसिड हुन्छ।

दाँतले बिर्को खोल्ने
सफ्ट ड्रिंक्सका बोतलको बिर्को वा अन्य कुनै प्लास्टिकका प्याकेट दाँतले खोलेको देख्दा सजिलो लागे पनि यो बानीले दाँत भने बिग्रने सम्भावना बढ्छ। दाँतले बिर्को खोल्दा दाँत भाँचिने÷चोइटिने सम्भावना हुन्छ। हाम्रो दाँतको काम बिर्को खोल्ने नभएर, भोजन चपाउने मात्र हो।

स्पोर्टस ड्रिंक्स
व्यायाम गरिसकेपछि वा खेलिसकेपछि चिसो स्पोर्टस ड्रिंक्सले हामीलाई ताजा महसुस गराउँछ। तर, यस्ता पेयमा चिनी (सुगर)को मात्रा धेरै हुन्छ। सोडा वा क्यान्डीजस्तै सुगरयुक्त स्पोर्टस ड्रिंक्सले दाँतको इनामेलमा एसिड आक्रमण गराउँछ र दाँत बिगार्छ। अझ नियमितजस्तै यस्ता पेय पिउनाले दाँत बिग्रने निश्चितप्रायः छ। त्यसैले व्यायाम गर्दा वा खेल्दा पानी पिउनु नै उपयुक्त हुन्छ।

फलफूलको रस
फलफूलको रस भिटामिन र एन्टिअक्सिडेन्टले भरिपूर्ण भए पनि दुर्भाग्यवश सुगरको मात्रा धेरै हुन्छ। कुनै–कुनै फलफूलका जुसमा त सोडा वा सफ्ट ड्रिंक्स जत्तिकै परिमाणमा सुगर हुन्छ। जस्तै, सुन्तलाको जुसमा भन्दा सुन्तला स्वादको सोडामा १० ग्राम सुगर धेरै हुन्छ। सामान्यतया फलफूल गुलिया हुन्छन्, त्यसैले सुगर नमिसाएको जुस खानु उपयुक्त हुन्छ। जुसमा अलिकति पानी मिसाएर सुगरलाई ‘डाइल्युट’ गर्न भने सकिन्छ।

आलु चिप्स 
सुगरबाट मात्र होइन, ब्याक्टेरियाले ‘स्टार्च’युक्त खानेकुरालाई पनि एसिडमा बदल्छ। हामीले खाने आलु चिप्सजस्ता खानेकुराका ससाना टुक्रा दाँतमा रहँदा २० मिनेट वा त्यसभन्दा बढी समयमा एसिडले असर पार्छ। यस्ता स्टार्ची खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ।

लगातार खाइरहनु
भोजनका बेलाभन्दा अरु बेला कच्याककुचुक केही न केही खानेकुरा (स्न्याक्स) खाइरहँदा थोरै मात्रामा र्‍याल निस्कन्छ। यसले खानेकुरा ‘फ्लस’ नहुनुका साथै दाँतमा धेरै बेर खानेकुराका टुक्रा अड्किन्छन् र एसिडले दाँत बिगार्छ। यस्ता स्न्याक्स खाँदा खासगरी सुगर थोरै हुने खानेकुरा छान्नुपर्छ।

पेन्सिल/कलम टोक्ने 
पढाइमा ध्यान केन्द्रित गरेका बेला कतिपयमा पेन्सिल वा कलम टोक्ने/चबाउने बानी हुन्छ। बरफ चबाएजस्तै यो बानीले पनि दाँत भाँचिन वा टुक्रिन सक्छ। यस्तो बानी भए सुगरलेस गम चबाउनु बेस हुन्छ, यसले मुखमा र्‍यालको मात्रा बढाउँछ र दाँत बलियो पार्नुका साथै एसिडबाट जोगाउँछ।

कफी
लामो समय कफी पिउँदा यसको गाढा रंग र एसिडिटीले दाँत पहेँलो बनाउँछ। कफी पिएर पहेँलिएका दाँत सफा गर्न डेन्टिस्टसँग सल्लाह गर्नु उपयुक्त हुन्छ।

धूमपान
सिगरेट लगायत सुर्तीजन्य पदार्थको सेवनबाट दाँतमा दाग बस्ने र बिग्रने मात्र नभएर झर्ने र गिजासम्बन्धी रोग लाग्ने हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ र जिब्रोको क्यान्सर पनि हुने गर्छ।

वाइन पिउनु
वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने ससाना प्वालले दाँतमा दाग बस्ने र कुरुप देखिने हुन्छ। रेड वाइनमा पाइने ‘क्रोमोजेन’ र ‘ट्यानिन’जस्ता ‘पिग्मेन्ट’ले दाँतमा रङ बढी टाँसिन्छ। वाइनको गिलास रित्याएको निकै बेरसम्म पनि रातो रंग भने दाँतमा रहिरहन्छ। सेतो वाइनले पनि इनामेल खियाउनुका साथै कफीले जस्तै दाँतमा दाग लगाउँछ।

अत्यधिक भोजन
कतिपय मानिस बिहे वा अन्य भोजमा जाँदा अत्याधिक खाने स्वभावका गर्छन्। यसरी खाँदा धेरै मिठाइ पनि खान्छन्। मिठाइमा हुने गुलियो (सुगर) ले दाँत बिगार्छ। त्यसैगरी बान्ता हुँदा पनि त्यसमा निस्कने एसिडले दाँतमा हानि गर्छ र कमजोर बनाउँछ।

जोर्नीको दुखाइ हटाउन व्यायाम गरौं
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार/ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ।

गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न  उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो। व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ।

–    उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ। उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ।

–    व्यायामले जोर्नीको कडापन घटाउँछ वा अररो जोर्नीलाई लचकदार बनाउँछ। कडापनले जोर्नी दुख्छ। हाम्रो शरीर गतिशील हुनुपर्छ, किनभने बनावट नै त्यस्तै छ। व्यायाम नगर्दा ‘टेन्डन’, मांसपेशी र लिगामेन्ट छिट्टै जाम हुन्छन्। तर, व्यायाम र शारीरिक सक्रियताले कडापन हटाउँछ र शरीर क्रियाशील हुन्छ।

–    व्यायामले जोर्नीमा हुने ‘लुब्रिकेन्ट’ (सिनोभियल फ्लुइड) को उत्पादन वृद्धि गर्न सघाउँछ। सिनोभियल फ्लुइडले जोर्नीमा पोषण र अक्सिजन लैजानुका साथै जोर्नी गतिशील हुँदा घर्षण हुन दिँदैन। त्यसैले व्यायामले हाम्रा जोर्नीलाई सुरक्षित पार्ने काम पनि गर्छ।

–    व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ। व्यायाम नगर्दा शरीर सानातिना दुखाइमा पनि बढी संवेदनशील हुन्छ। व्यायाम गरेको शरीरले सानातिना दुखाइको बेवास्ता गर्छ अर्थात् शरीरलाई यस्ता दुखाइबाट बचाउने प्राकृतिक क्षमता विकास गराउँछ।

–    व्यायामले शरीरको वजन नियन्त्रण गर्न सघाउँछ। शारीरिक वजन नियन्त्रित भए शरीरको भार थेग्नुपर्ने हिप, घुँडा र गोलीगाँठाजस्ता जोर्नीमा पनि दबाब कम पर्छ।
तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ।

Tags: दाँत बिगार्नेबानी
Share12Tweet8SendScan
Previous Post

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (यस्तो छ पूर्णपाठ)

Next Post

काँग्रेस महाधिवेशनको कार्यतालिका संशोधन

Related Posts

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह
FEATURE

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

by सुनसरी अनलाइन
अशोज ५, २०८१
0

इनरुवा । कोसी प्रदेश सरकारबाट नियुक्ति भई जिल्ला अस्पताल इनरुवामा कार्यरत बाल रोग बिषेशज्ञ डा.फरेन्द्र साह अस्पतालमा नबस्ने गरेको अरोप...

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न
समाचार

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

by सुनसरी अनलाइन
साउन ३०, २०८१
0

बाबुराम मुडियारी मोरङ/ रंगेली नगरपालिका-२ दौलतपुरको आयोजनामा एक दिने  नि : शुल्क आँखा शिबिर हिजो मंगलबार सम्पन्न भएको छ ।...

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
न्युन तथा दुषित खाद्य पदार्थ उत्पादन गर्ने २१ वटा उधोग उपर मुद्धा दायर

न्युन तथा दुषित खाद्य पदार्थ उत्पादन गर्ने २१ वटा उधोग उपर मुद्धा दायर

साउन ८, २०८१
निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

चैत्र १५, २०८०
Next Post
महाधिवेशनको तयारीमा इटहरी कांग्रेस

काँग्रेस महाधिवेशनको कार्यतालिका संशोधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार २, २०८२
Mon, June 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In