अजय मण्डल
देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–५ साहेबगञ्जमा वडा अधिवेशनमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाअधिबेशन अन्तरगत देवानगञ्ज–५ को साहेवगञ्जको वडा अधिवेशनमा नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश नम्बर–१ का संसदीय दलका नेता राजीव कोईरालाले प्रमाणपत्र हस्तान्तरण गरि अबिर र खादा लगाएर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले १४ औं महाधिवेशन मार्फत सबै तहमा काँग्रेसलाई बलियो बनाउने अभियानमा जुट्न अनुरोध गर्दै उनले काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएको बताए ।
वडा,पालिका,क्षेत्र नेपाली कांग्रेस सुनसरीको लागि मेरुदण्ड भएको उल्लेख गर्दै उनले सक्षम र सबल नेतृत्व चयनको लागि सबैलाई शुभकामना दिएका थिए । कांग्रेस सबैको साझा पार्टी भएकोले व्यक्तिगत स्वार्थका लागि नभई पार्टीको हितमा काम गर्नुपर्ने उनले बताउँदै गुटगत राजनितिक नगर्न सबैलाई आग्रह गरेका छन् । सबैले कांग्रेसमा त्यागको भावना राखेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।आसन्न पार्टीको १४ औं अधिवेशनलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र एकताका अधिवेशन बनाउनु पर्ने नेता कोइरालाले बताए । कांग्रेसको १४ औं महाधिवेशनलाई सफल बनाउनका लागि सहमतिमा नेतृत्व चयन गरी आगामी स्थानीय तहको निर्वाचनमा ठुलो सफलता पाउनका लागि अहिलेदेखी नै कसरत गर्नुपर्ने नेता कोइरालाको भनाई छ ।
कार्यक्रमको विशिष्ट अथिती नेपाली कांग्रेस सुनसरी सचिब केदार भण्डारीले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपिकै ठुलो योगदान रहेको चर्चा गरे ।
उनले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए । ‘ बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिवेशमा पनि सान्दर्भिक रहेको बताए ।
त्यसैगरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली कांग्रेसको क्षेत्र नम्बर–२ का सभापति श्यामलाल मेहता, नेपाली कांग्रेसका देवानगंजका उपसभापति पंकज महतो, मनिराम श्रेष्ठ , देवानगञ्ज गाउँपालिकाका नवनिर्वाचित सम्पुर्ण वडा सभापति तथा, क्षेत्र प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।