सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनसरी क्षेत्र नम्बर ४ ‘क’ गठन भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच किरण चौलागाईंको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा अध्यक्ष चौलागाईंसहित उपाध्यक्षद्वय डिल्ली गौतम र धर्म कुमारी शर्मा, सचिव नगेन्द्र थापा र कोषाध्यक्ष जमुना सापकोटा रहेका छन् । त्यस्तै, सदस्यहरुमा इनु अधिकारी, रामबिलास मेहता, भिम बहादुर थापा, सुरेश रसाइली, संगिता भट्टराई, उमेश रायमाझी, किसन सदा, पबीत्रा घिमिरे, संगीता श्रेष्ठ र प्रेमादेबी बडियर्त छन् ।
कार्यक्रममा तत्कालीन प्रदेशसभा ४ ‘क’का संयोजक डिल्ली गौतमको सभादक्ष्यता तथा राप्रपा केन्द्रिय सदस्य इनु अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै, कार्यक्रममा मिडिया नेपाल प्रदेश नम्बर १ अध्यक्ष बिजय राउत, पुर्व जिल्ला सदस्य राम ठकुरी, बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, पुर्व नगर अध्यक्ष दीपक कार्की, मेयरका प्रत्यासी उम्मेदवार नेत्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । क्षेत्रीय अध्यक्ष टेक बहादुर घिमिरेले संचालन गरेको कार्यक्रममा समापन निर्बाचन अधिकृत अर्जुन थापाले निर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्दै समापन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष किरण चौलागाईंले राप्रपा एकजुट भएर लाग्नुपर्ने बताएका थिए । उनले अबको रणनीतिक राप्रपा एकढिक्का हुँदै पार्टीको एजेन्डा सफल पार्नु रहेको बताए ।