Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरसभापतिमा चारजनाको दावी

सहमतिको प्रयास जारी रहेको उम्मेदवारहरुको भनाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरसभापतिमा चारजनाको दावी
194
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेनमा इनरुवा नगर कार्यसमितिको सभापति पदमा चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
असोज ९ गते हुने नगर अधिवेशनका लागि नेपाली कांग्रेस इनरुवा नगर सभापतिमा चारजनाले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस इनरुवा नगरका वर्तमान सभापति तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले पुनः सभापति पदमा उम्मेदवारी घोषणा गर्दै एक कार्यकाल जिम्मेवारी दिनका लागि अनुरोध गरेका छन् । नगरप्रमुख मेहताले नगरसभापति पदमा रहेर काम गर्ने वातावरण सिर्जना गर्नका लागि पुनः एक पटक उम्मेदवार बनेको बताए ।

पार्टी संगठनलाई बलियो बनाउने कामलाई तिब्रता दिदै आएकोले पुनः एक पटक पार्टीको जिम्मेवारी दिन सबैलाई आग्रह गरेका छन् । नगरसभापति पदमा आफू योग्य, दक्ष र अनुभवी भएकाले नेपाली कांग्रेस १४ औं महाधिवेशनमा इनरुवा नगरसभापति पदमा एकजुट भएर सहमतिको अधारमा सभापति पदमा सहयोग गर्न उनले अपिल समेत गरेका छन् ।

इनरुवा नगर सभापतिमा रहेर कांग्रेसको संगठनलाई उचाईसम्म पुगाउन अहम भूमिका निर्वाह गरेको दावी समेत उनले गरे । १४ औं महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न आफू तम्तयार रहेको वर्तमान नगरसभापति मेहताको कथन छ । सहमतिको प्रयास जारी रहेकोले चारजना मध्ये एक जना नगरसभापति बन्ने ढुक्क रहेको छु–उनले भने । इनरुवा नगरसभापतिका उम्मेदवार मेहतालाई नवनिर्वाचित वडा सभापति र क्षेत्र प्रतिनिधिहरुको पूर्ण रुपले सहयोग रहने छ ।

असोज ९ गते हुने नगरअधिवेशनमा नगर सभापतिमा मेहतालाई पुनः आउन वडा सभापति र क्षेत्र प्रतिनिधिहरुले दवाव गरेपछि नगरसभापति मेहताले उम्मेदवारी घोषणा गरेको समेत बुझिएको छ । अहिले मेहता प्रचार प्रसार गर्दै घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

यसैगरी नेपाली कांग्रेस इनरुवा नगरसभापतिको अर्का उम्मेदवार सितोष पोखरेल पनि हुन् । इनरुवा–३ निवासी सितोष पोखरेलले पनि आफनो उम्मेदवारी नगर सभापति पदमा रहेको जानकारी गराएका छन् । पोखरेलका अनुसार १२ र १३ औं महाधिवेशनमा सहमतिमा नै नगर सभापतिमा राजन मेहतालाई समर्थन गरेकोले यसपटक आफूलाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

नगरसभापति पदमा नयाँ नेतृत्व आउनुपर्ने जोड दिदै पुरानै अनुहारका व्यक्ति पटक–पटक एउटै पदमा बस्नुको साट्टो नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय सबैको इच्छा र चाहनाअनुसार नै मैले उम्मेदवारी घोषणा गरेको हुँ– पोखरेलको भनाइ छ ।

एक चरण उम्मेदवारहरुबीच छलफलको प्रयास भएपनि निष्कर्ष बिहिन भएकोले फेरी छलफलको वातावरणको प्रयास गर्ने उनले बताए । नयाँ नेतृत्वका लागि आफनो उम्मेदवारी कायम रहेको उनले बताए ।

त्यसैगरि अर्का इनरुवा नगरसभापति पदका उम्मेदवार योगेन्द्र प्रसाद मेहताले पनि आफनो उम्मेदवारी कायम रहेको बताएका छन् । नेपाली कांग्रेस इनरुवा नगरसभापति पदमा नेतृत्व परिर्वतन हुनुपर्ने माग सहितका ऐजण्डा लिएर चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन योगेन्द्र प्रसाद मेहता । नगर सभापति पदमा सहमतिमा आफूलाई नेतृत्व दिए उचित हुने तर्क गर्दै मेहताले सहमतिमा नदिए आफू असोज ९ गते मनोनयन दर्ता गर्ने तयारीमा रहेको बताए ।

लोकतान्त्रिक पद्धति चुनाव भएकोले आफू निर्वाचनमा होमिन तयार रहेको समेत उनले बताए । नगर सभापतिमा कसैलाई समर्थन नगरी उम्मेदवारी फिर्ता नहुने समेत मेहताले जनाएका छन् । पार्टीलाई बलियो बनाउने कार्यमा बिशेष योगदान हुने र इनरुवा नगरक्षेत्रमा कांग्रेसका उम्मेदवारहरुलाई विययी बनाउने प्रमुख उद्देश्य रहेको मेहताको भनाई छ ।
यसैगरी नेपाली कांग्रेस इनरुवा नगरकार्य समितिका वर्तमान सचिव रोशन कुमार खड्काले समेत नगर सभापति पदमा उम्मेदवारी

घोषणा गरेका छन् । खड्का दुई कार्यकाल नगरसभापति राजन मेहताको नेतृत्वको टिमा सचिव पद सम्हाल्दै आएका छन् । खड्का इनरुवा उद्योगा वाणिज्य संघका सचिव समेत हुन । १४ औं महाधिवेशनमा नगरसभापतिका आंकाक्षी रहे पनि नेपाली कांग्रेस इनरुवा नगरसभापति पदमा सहमतिमा नेतृत्व चयन गरिनु पर्नेमा उनी जोड दिन्छन् । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिमा नै नेतृत्व चयन गर्नुपर्ने उनले धारण व्यक्त गरे ।

नेतृत्वमा नयाँ अनुहारका व्यक्ति आउनुपर्ने उनले जिकिर समेत गरे । नगर कार्यसमितिमा सबै अटने गरी समावेशीबाट नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए । उम्मेदवारहरुबीच एक चरण सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन नसकेको खड्काको भनाई छ । नेतृत्वमा युवालाई अवसर प्रदान गर्नुपर्ने तर्क गर्दै खड्काले आफू सर्वसम्मतबाट दुई कार्यकाल सचिव पदमा निर्वाचित भएकोले यसपटक सहमतिको वातावरण तयार भए सबैलाई उचित स्थान दिई मिलाएर पार्टीको जिम्मेवारी दिनुपर्ने सुरसेर दैनिकसँगको कराकानीमा बताए ।

इनरुवाका अधिकांश वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुले वर्तमान सभापति राजन मेहतालाई नै नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् । पार्टीको संगठनलाई मजबुत बनाएको र इनरुवाको विकासमा समेत अहम भूमिका निर्वाह गरेको हुदाँ एक पटक नगरसभापति पदमा पुनः राजन मेहतालाई नै ल्याउनुपर्ने चर्चा समेत चलिरहेको छ । असोज ९ गतेसम्म सहमतिबाटै नगरसभापति लगायतको पदमा नेतृत्व चयन हुने कांग्रेसी नेताहरु बताउँछन् ।

Tags: इनरुवा नगर प्रमुख राजन मेहताइनरुवा नगरसभापतिउम्मेदवारी घोषणासहमतिको प्रयास जारी
Share78Tweet49SendScan
Previous Post

सूचिकरण विवरण संकलन गर्न सुपरिवेक्षक घर–घर जाँदै

Next Post

‘जोगाड’ नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
‘जोगाड’ नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी

'जोगाड' नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In