अजय मण्डल
देवानगंज । सुनसरीको देवानगंजमा गाउँपालिका वडा नम्बर–३ मा निल गाईको बच्चा स्थानीयहरुले फेला पारेका छन ।
देवानगंज गाउँपालिका–३ मा रहेको उखु बालीमा बेवारिस अवस्थामा रहेको निल गाईको बच्चा स्थानीयहरुले फेला पारेका हो ।
राजेश मेहता, दीपक मेहता र अमोल मेहता लगायतका स्थानीयहरुको सहयोगमा निल गाईको बच्चा बेवारिस अवस्थामा उखु बालीमा देखेपछि उनीहरुले ईलाका प्रहरी कार्यालय देवानगंजलाई खबर गरेका थिए ।
पछिल्लो समय देवानगंज गाउँपालिकामा निल गाईले किसानहरुको अन्नबाली नष्ट गरेर सखाप पार्ने गरेको स्थानीयहरु बताउँछन् । निल गाईले किसानहरुले लगाएको बालीनालीमा क्षति समेत पु¥याएको छ ।
निल गाईको बच्चालाई देवानगंज वडा नम्बर–३ का वडाध्यक्ष अनिल कुमार भगत र इलाका प्रहरी कार्यालयको रोहबरमा वन कार्यालयबाट आएका वन रक्षकलाई निल गाईको बच्चालाई स्थानीहरुले बुझाएका छन् ।
देवानगंज गाउँपालिकामा निल गाईको समुह नै प्रवेश गरेकोले किसानहरु चिन्तित बन्दै गएका छन् । कुन जंगलबाट देवानगंज गाउँपालिकामा निल गाईको समुह प्रवेश गरेको कुरा यकिन हुन सकेको छैन् ।