Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आफनो वचनबद्धता पूरा गर्दै मन्त्री ज्ञानेन्द्र कार्की

कोशी टप्पु आरक्षलाई निकुञ्ज बनाउने सरकारको तयारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इदुल अजाहा (बकर ईद) को दिन सरकारले दियो सार्वजनिक विदा
174
SHARES
Share on FacebookShare on Twitter

ताविल अंसारी
सुनसरी । कोशी टप्पु वन्य जन्तु आरक्षलाई नोक्सान होइन अवसरको रुपमा रुपान्तरण गर्नु पर्ने धारणा व्यक्त गर्दै मन्त्रि ज्ञानेन्द्र कार्कीले केही दिन अगाडी जनतासँग गरेको वचनबद्धता पूरा हुने भएको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षमा रहेका जंगली हात्ती , अर्ना तथा बँदेलका कारण वर्षेनी मानवीय क्षति , बाली नोक्सान , घर टहराको क्षतिबाट पिडीतहरु सँगको अन्र्तकृया कार्यक्रममा सुनसरी क्षेत्र नं. ४का संघिय साँसद समेत रहेका कानुन तथा संघिय मामिला मन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्ष जनताको लागि हानी नोक्सानीको लागि होइन कि उनीहरुको जीवन स्तर उकास्नका लागि यसलाई पर्यटनको रुपमा विकास गरि अगाडी बढाउन आफु लागि परेको बताएका थिए ।

कोशी गाउँपालिका सुनसरीका अध्यक्ष अयुब अंसारीको विशेष पहल र अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपक कुमार खरालको उपस्थितिमा मन्त्रि कार्कीले चाँडै नै कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिवर्तन गरेर जंगली जनावरहरुको लागि आरक्ष भित्रै खाना,बासको उचित व्यवस्थापन गर्न र पर्यटन पूर्वाधारको विकास गरि यस आरक्षलाई यहाँका जनताहरुका लागि हानी नोक्सानी होइन , अवसरको रुपमा विकास गर्न आफु लागि परेको जनता सँग गरेको प्रतिवद्धता महिना नबित्दै अहिले सरकारले आरक्षलाई निरकुञ्ज बनाउने प्रकृया अगाडी बढाएको जानकारीमा आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपक कुमार खरालले सुरक्षा र प्रशासनिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनका लागि देश भरका रहेका आरक्षहरुका संरक्षण अधिकृतहरुको सुझाव तथा स्थलगत रिर्पोटका आधारमा ठुला निकुञ्जहरुलाई टुक्रयाएर सानो निकुञ्ज तथा आरक्षहरुलाई निकुञ्ज बनाउने तर्फ गृहकार्य अघि बढेको जानकारी दिएका छन् । उनका अनुसार देश भरि रहेका विभिन्न भेगमा नयाँ राष्ट्रिय निकुँञ्ज थपिदैछन् भने सुनसरी ÷सप्तरी ,मुगु ÷डोल्पा ,सिन्धुपाल्चोक÷नुवाकोट लगायतका स्थानमा नयाँ राष्ट्रिय निकुँञ्ज बनाउने तयारी सरकारले गरेको हो ।

भौगोलिक रुपमा रहेका ठुला लामटाङ,शे–फोक्सुण्डो र सगरमाथा निकुञ्जलाई टुक्रयाउने प्रक्रिया अगाडी बढाइएको ,राज्यको बलियो उपस्थिति तथा प्रशासनिक पकड बलियो बनाउनका लागि प्रशासनिक विभाजनको तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सप्तकोशी नदीले सुनसरी र सप्तरीमा बनाएको टापु जो श्रीलंका टापुले प्रख्यात रहेको छ , तत्कालीन सरकारले यस क्षेत्रलाई २०३२ सालमा कोशी टप्पु वन्यजन्तु आरक्ष घोषणा गरेको थियो। एक सय ५७ वर्ग किमिमा फैलिएको आरक्षलाई निकुञ्जका रूपमा स्तरोन्नति क्षेत्र विस्तार गर्नुपर्ने ,आरक्षलाई निकुञ्जमा बदल्दा हालको मध्यवर्ती क्षेत्रको धेरै भाग निकुञ्जभित्रै समेटिनुपर्ने विज्ञहरुको सुझाव रहेको छ।सन् १९८७ मा विश्व रामसार सूचीमा सूचीकृत कोशी टप्पुमा करिब पाँच सय प्रजातिका पन्छी, अर्ना, डल्फिनलगायत लोपोन्मुख र दुर्लभ जीवजन्तु पाइन्छन्।

कोशीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गर्न सो भेगका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री देउवाले ग्रीन सिग्नल दिएको र चाँडै कार्यान्वयन हुने वन मन्त्रालयनिकट स्रोतले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र रहेका जंगली जनावरको आक्रमणमा परि हाल सम्म १८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौंको संख्यामा घाइते , आपांग रहेका छन् ।

आरक्ष भित्र जंगली जनावरहरुका लागि आहारको व्यवस्था नरहेकाले आहारकै लागि आरक्ष बाहिर गाउँबस्तीमा आएर बाली नोक्सान ,मानवीय क्षति गर्ने गरेको ठहर गर्दै आउँदो दिनमा आरक्ष भित्रै आहारको व्यवस्थाका लागि केरा खेती , घाँसे मैदान ,घेराबेरा लगायतका लागि बजेट समेत छुट्याएका छन् ।

विगत लामो समय देखि आरक्ष पिडित संघर्ष समितिले विभिन्न माँगहरु राख्दै आन्दोलन गर्दै आएकोमा कोशी गाउँपालिकाका अध्यक्षमा स्थानीय युवा नेता अयुब अन्सारी आए सँगै कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गरी र स्ट्रेंज निमार्ण गरि स्थायी समाधानका लागि पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तत्कालीन नेकपाको ओली सरकार रहेकाले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कोशी गाउँपालिकाका अध्यक्ष अंसारीको सुनुवाई भएको थिएन् । अहिले नेपाली काँग्रेसकै प्रधानमन्त्री रहेको र यसै निर्वाचन क्षेत्रका संघिय साँसद ज्ञानेन्द्र बहादुर कार्की देउवा सरकारको प्रभावशाली मन्त्रि समेत रहेकाले कोशी टप्पु लाई निरकुञ्ज बनाउन सहज भएको जानकारहरु बताउँछन् ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन्। जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (कधबmउ उबचतचष्मनभ), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन। साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (न्बलनभतष्अ मयउिजष्ल) पनि पाइन्छन्।

Share70Tweet44SendScan
Previous Post

‘जोगाड’ नै हो, युवा स्वरोजगारको विश्वासिलो साथी

Next Post

देवानगंजमा निल गाईको बच्चा फेला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देवानगंजमा निल गाईको बच्चा फेला

देवानगंजमा निल गाईको बच्चा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In