इनरुवा । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले सुकुम्वासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकाको लौकहीको एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष निरौलाले सुकुम्बासी समस्या समाधान गर्न आपूm तत्पर रहेको बताएका हुन् ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष पदको जिम्मेवारी पाएपछि निरौलाले पहिलो पटक सुनसरी आएर सुकुम्वासी समस्या समाधान गर्न लागिपरेको बताए ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले सुनसरी जिल्लामा रहेको सुकुम्वासीहरुको तथ्याङ्क संकलन गरी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताउँदै सुनसरीलाई बिशेष प्राथमिकतामा राखेर सुकुम्वासी समस्या समाधान गर्नका लागि आफनो महत्वपूर्ण भूमिका रहने बताए । सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी काम सूचारु गर्ने समेत उनले बताए ।
जिल्लाको समस्या पहिचान गरी सुकुम्वासी समस्या समाधान गर्न यस आयोगले इमान्दारिताका साथ काम गर्ने र सुकुम्वासीहरुलाई ऐलानी जग्गाअनुसार लालपूर्जा वितरण गर्ने कार्यलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने र जिल्लाहरुसँग समन्वय गरी छलफल तथा बहस गरी काम सुरु गर्ने केन्द्रीय अध्यक्ष निरौलाले बताए ।
राष्ट्रिय भूमि अयोगका अध्यक्ष निरौलाले वर्तमान कांग्रेस नेतृत्वको सरकारले दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता सहित सुकुम्वासी समस्या समाधान तर्फ अग्रसर रहने बताए । सुकुम्वासी समस्या समाधान गर्न आफु लगनशिल भएर लागेकोले सुकुम्वासीबासीहरुलाई अनुभुती हुने गरी कामलाई तिव्र गतिमा अगाडी बढाउने समेत उनले बताए ।