Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका नगरप्रमुख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपतिद्वारा सम्मानित हुने
54
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी संविधान दिवसको अवसरमा सुप्रवल जनसेवाश्री २०७८ पदकबाट सम्मानित हुने भएका छन् ।

नेपालको संविधानको धारा २७७ को उपदफा (१) बमोजिम असोज ३ गते संविधान दिवसको अवसरमा नेपाल सरकार, मन्त्रि परिषदको सिफारिसमा इनरुवाका नगरप्रुमख मेहता र हरिनगरका अध्यक्ष अन्सारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सुप्रबल जनसेवाश्री पदकबाट विभुषित हुन लागेका हुन् ।

स्थानीय तहको निर्वाचनमा जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने दुई जनप्रतिनिधिहरुलाई नेपाल सरकारले उच्च मुल्याङ्कन गरेर असोज ३ गते संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुमा उनीहरुको नाम सार्वजनिक गरेको हो ।
इनरुवा नगरपालिकाका नगरप्रमुख मेहता जनताको लोकप्रिय नेताका रुपमा रहेको र इनरुवाको विकासमा फड्को मारेको हुदाँ वर्तमान सरकारले उच्च मुल्याङ्कन गर्दै सप्रबल जनसेवाश्री पदकद्वारा विभूषित हुनेमा नाम सिफारिस भएको हो ।

इनरुवा नगरप्रमुख मेहताले साढे चारवर्षमा विकासको लहरलाई तिब्रता दिदै गएपछि वर्तमान सरकारले उनको कार्यशैली र व्यक्तिगत क्षमता विकासलाई मध्यनजर गर्दैै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सप्रबल जनसेवाश्री पदकद्वारा बिभूषित गर्ने घोषणा गरेको हो ।
युवाहरुको ढुकढुकी, विकासप्रेमी, जनभावना अनुसार काम गर्ने नेतृत्वदायी भूमिका खेल्ने नगरप्रमुख मेहताले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले सप्रबल जनसेवाश्री पदकद्वारा बिभुषित गर्ने घोषणा गरेपछि इनरुवाबासी खुशी भएका छन् ।

नगरप्रमुख मेहताले भने,‘ नेपाल सरकारले प्रदान गर्न लागको मानपदवीले इनरुवाबासीको शान र इज्जत बढेको छ । राजतीतिमा धेरै संघर्ष गरेर अगाडी बढेको छु । त्यसैले नगरबासीसँगै नेपाल सरकारले पनि युवा नेताको मुल्याङ्कन गर्दै मलाई पदकद्वारा सम्मानित गर्न लागेकोले धेरै खुशी भएको छु । इनरुवा नगरपालिकाको पहिचानलाई राष्ट्रिय र अन्तरराष्ट्रिय जगतमा चिनाउने कार्यले पनि थप मदत पुगेको छ, उनले भने, ‘मेरो मेहनत र इनरुवाबासी सदभाव,मायाले एउटा थप उपलब्धि भएको छ ।’ इनरुवाबासीसँगै नेपाल सरकारले दिएको थप जिम्मेवारीलाई शिर नझुक्ने गरी सबैको इज्जतलाई कायम गर्ने गरी आत्मसाथ गर्नेछु ।

यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले पाएको जिम्मेवारी र जनताको चाहनालाई पुरा गर्न योगदान पु¥याएको हुदाँ नेपाल सरकारले सप्रबल जनसेवाश्री पदकद्वारा सम्मानित गर्न लागेको बताए । संविधानको दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष अन्सारीले जनताको आशा र भरोसालाई थोरै समयमा पुरा गरेको हुदाँ सुनसरीको दक्षिणवर्ती क्षेत्रबाट आपूmलाई योग्य र दक्ष ठानेर नेपाल सरकारले घोषणा गरेको सप्रबल जनसेवाश्री पदक घोषणा गरेकोले सरकारलाई धन्यवाद ज्ञापन समेत उनले गरे ।
हरिनगर गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी पाएपछि वीपी कोइरालाको सपनालाई सकार पार्नका लागि विकासका गतिविधिहरुलाई अघि बढाएर जनताको चाहनालाई पुरा गर्न सकेको छु, उनले भने, ‘जनताले दिएको आर्शिवादका कारण नेपाल सरकारबाट सप्रबल जनसेवाश्री पदक २०७८ बाट सम्मानित हुन लागेको छु ।’ सरकारले प्रदान गर्ने सप्रबल जनसेवाश्री मानपदवी मेरो जीवनमा पहिलो पटक पाएको छु । पालिकामा पु¥याएको योगदान र राजनीति संघर्ष गर्दै समाजमा देखाएको सहानुभूतिले वर्तमान सरकारले उचित मूल्याङ्कन गरेर सुनसरीको दक्षिणवर्ती क्षेत्रमा मलाई छनौट गरेकोले हरिनगरबासीको लागि गौरवको कुरा भएको बताए ।

हरिनगर गाउँपालिकामा सातौ संविधान दिवसको अवसरमा सप्रबल जनसेवाश्री पदकद्वारा बिभूषित हुने पालिका अध्यक्ष अन्सारीलाई पालिकाका जनप्रतिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी लगायतकाले खदा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, प्राथमिक स्वास्थ्य केन्द्रका माधवलाल देव, नेपाली कांग्रेसका महासमिति सदस्य परमानन्द मेहता, हरिनगर कांग्रेसका सभापति शिवहरी श्रेष्ठ, समाजसेवी सेराज फलाही, हरिनगर रेडक्रसका सभापति कृष्ण प्रसाद देव लगायतकाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष अन्सारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

Tags: इनरुवाका नगरप्रमुखराष्ट्रपतिद्वारा सम्मानित हुनेहरिनगरका अध्यक्ष अन्सारी
Share22Tweet14SendScan
Previous Post

हरिनगर–४ को जसपा अध्यक्षमा देवनारायण

Next Post

निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In