भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का सर्वसाधारणहरुको निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण गरिएको छ ।
संविधान दिवसको अवसरमा स्वास्थ्य चौकी भोक्राहा नरसिंह–२ को आयोजना र नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाको सहयोगमा एक दिने निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रममा एक सय ५१ जनाको परीक्षण गरिएको हो ।
निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रममा एक सय ५१ जनाको परीक्षण नतिजा सोमवार आउने आयोजकले जनाएको छ । भोक्राहा नरसिंह–२ मा मधमेह र रक्तचापको बिरामीको संख्या बढेको लक्ष्ण देखापरेपछि स्वास्थ्य चौकीले एक दिने परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
भोक्राहा नरसिंह–२ का जनताको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य चौकीले एक दिने निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण गरिएको बताइएको छ । निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रममा १ सय ५१ जना मध्ये २३ जनामा मधुमेहको लक्ष्ण देखा परेको स्वास्थ्य चौकी भोक्राहा नरसिंह–२ ले जनाएको छ । सर्वसाधारणहरुको उत्साहजनक सहभागिताका एक दिने परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखा एव नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, उपसभापति सरिता मेहता, सचिव रामकुमार मेहता, सहसचिव पवन कुमार मेहता, स्वास्थ्य प्रमुख आलम अन्सारी, स्वास्थ्य चौकी भोक्राहा नरसिंह–२ का प्रमुख रमेश प्रसाद साह, नेपाल रेडक्रस भोक्राहा नरसिंहका सल्लाहकार अजमल आजाद लगायतको सहभागिता रहेको थियो ।