इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक बजारमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले गत भदौ महिनाको २८ गतेको नेपाल राजपत्रमा प्रकाशित चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक रोक लगाएकोले सबै सरोकारवालाहरुले कार्यान्वयन गरिदिनका लािग जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुरोध गरेको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन,आयात,विक्री वितरण र प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा सरोकारवालाहरुलाई चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोन नगर्न उल्लेख गरिएको छ ।
सपिङमल तथा डिपार्टमेण्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग गरेको पाइएमा ऐन नियम अनुसार कार्वाही हुने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।