इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर–११ मधुवनमा हातिको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका–११ की ६८ वर्षिया मोमनी खत्वेको हाती आक्रमणबाट मृत्यु भएको हो । सोमवार दिउँसो घाँस काट्न गएकी सो महिलालाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हातीको आक्रमणबाट मृत्यु भएको स्थानीयहरुले जानकारी दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हातीको आक्रमणबाट सो महिलाको मृत्यु भएको हो । ममनी देवी खत्वे एक महिलाले सोमवार दिउँसो घाँस काटन गएकी बेला खेतमा हातीले आक्रमण गर्दा घाइते भएकी थिईन् ।
मृतक खत्वेलाई दुई छोरा रहेका छन् । मृतक परिवारलाई क्षतिपुर्ती दिनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित भएका थिए । मधुवनका स्थानीयहरुले क्षतिपुर्ती दिनुपर्ने माग सहित अन्दोलनमा उत्रिएका थिए ।