Saturday, November 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा अस्पताल सुधारका लागि एक घण्टा धर्ना

आज पनि दुई घण्टा धर्ना, माग पुरा नभए तालावन्दी गर्ने चेतावनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा अस्पताल सुधारका लागि एक घण्टा धर्ना
92
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष सुनसरीले इनरुवाको लोकतान्त्रिक चौकमा एक घण्टा धर्ना दिएका छन् ।
संघर्ष समितिले २५ बुँदे उठाउँदै आएको माग सम्वोधन हुन नसकेपछि इनरुवाको लोकतान्त्रिक चौकमा मंगलवार समितिद्वारा एक घण्टा धर्ना दिएका हुन् । “हामीलाई रिफर होइन, उपचार चाहियो” भन्ने मुल नाराका साथ इनरुवा अस्पताल सुधार संघर्ष समितिका पदाधिकारी र सर्वसाधारणहरुले एक घण्टा धर्ना दिएका हुन् ।

इनरुवा अस्पताल सुधार संघर्ष समितिले एक हप्तासम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिदै माग पुरा नभएसम्म आन्दोलनको कार्यक्रमलाई जारी राख्ने समितिको संयोजक दिलिपचन साहुले बताए । माग पुरा नभए अस्पताल प्रशासनमा तालावन्दी गर्ने चेतावनी समेत उनले दिए । इनरुवा अस्पताल रेफर सेन्टरको रुपमा रहेको उनले बताउँदै अस्पताल सुधार गर्नका लागि आफूहरु संघर्ष गर्दै आएको उनले बताए । आफूहरुले उठाएको माग जायज भएकोले इनरुवा अस्पताल विकास समिति गम्भिर नभए थप आन्दोलनको कार्यक्रमलाई अघि बढाउन बाध्य हुने संयोजक साहुले चेतावनीे समेत दिए ।

जिल्ला अस्पताल इनरुवाको सुधारको लागि दवाव दिनका लागि २०७७ मंसिर १२ गते गठन भएको इनरुवा अस्पताल सुधार संघर्ष समितिले २०७७ मंसिर १७ गते अस्पताल विकास समिति इनरुवा, इनरुवा नगरपालिकाका नगर प्रमुख, सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयलाई २५ बुँदे माग सहित समितिले ज्ञापन पत्र बुझाएका थिए ।

त्यसैगरी गत वषको मंसिर ३० गते प्रदेश नम्बर–१ का मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, र पुष १७ गते संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा अन्य सरोकारवालाहरुलाई समेत ज्ञापन पत्र बुझाएकोले कुनै सुनवाई हुन नसकेकोले बाध्य भएर एक हप्ते धर्ना कार्यक्रम सुरु गरेको संघर्ष समितिका संयोजक साहुले बताएका छन् ।

अस्पताल सुधार संघर्ष समितिका प्रवक्ता धर्मवीर आर्यले अस्पताल विकास समितिले बेवास्ता गरेकोले धर्नामा बसेको बताए । अस्पतालमा माग पुरा नभए आन्दोलन जारी राख्ने र अस्पताल प्रसाशनका तालावन्दी गर्ने चेतावनी समेत उनले दिएका छन् । सुनसरीको एक मात्र जिल्ला अस्पताल इनरुवा रहेको भएपनि सर्वसाधारणहरुले सेवा सुविधाको अनुभूति गर्न नसकेको र सर्वसाधारणहरुलाई इनरुवा अस्पतालले रेफर मात्रै गरेकोले अधिकारका लागि धर्नाको कार्यक्रम सुरुवात गरेको प्रवक्ता मेहताले बताए ।

त्यसैगरी संघर्ष समितिका सदस्य अभिनन्दन यादवले अस्पताल सुधारका लागि १० महिनादेखी लगातार आवाज उठाउँदासम्म पनि सरोकारवालाहरुले कुनै वास्ता नगरेको बताए । एक हप्ते धर्ना कार्यक्रम अन्तरगत मंगलवार एक घण्टा धर्ना कार्यक्रम मार्फत माग सुनवाई गर्नका लागि सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको र माग सम्वोधन नभए इनरुवा अस्पताल प्रशासनमा तालाबन्दी गर्ने चेतावनी समेत उनले दिए ।

जिल्ला अस्पताल सुधार गर्नका लागि आ–आफनो ठाउँबाट खबरदारी गर्न आवश्यक रहेकोले धर्ना कार्यक्रममा सफल बनाउनका लागि सबैलाई यादवले अनुरोध गरेका छन् । संघर्ष समितिले उठाएको माग व्यक्तिगत स्वार्थका लागि नभएको बताउँदै उनले सुनसरीका जनताको अधिकार प्राप्तिका लागि संघर्ष गरेकोले धर्ना कार्यक्रममा सहभागिता जनाई दिनका लागि पनि उनले आग्रह समेत गरे ।
अर्का समितिका सदस्य रामचन्द्र मेहताले कुनै राजनीति नगरीकन जनताको आवाजलाई बुलन्द पार्नका लागि संघर्ष जारी राख्दै धर्ना कार्यक्रम सुरुवात गरेको बताए ।

इनरुवा अस्पताल सुधार नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने र माग पुरा नभएर आन्दोलनको स्वरुप परिर्वतन गरी कडा रुपमा प्रस्तुत हुने तथा अस्पताल प्रशासनमा तालाबन्दी गर्ने चेतावनी समेत उनले दिएका छन् । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले बुधवार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिदै दुई घण्टा सम्म धर्नामा बस्ने जनाइएको छ ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधारधर्ना
Share37Tweet23SendScan
Previous Post

मधुवनमा हातीको आक्रमणबाट एक महिलाको मृत्यु

Next Post

सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !

सर्वसाधारणले दिएको निवेदन वडाध्यक्षले च्याते !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In