हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा जिल्ला स्काउट कार्यालय सुनसरीले गाउँ स्काउट तदर्थ समिति गठन गरेको छ । गाउँ स्काउट तदर्थ समिति हरिनगरका शिक्षक सत्यनारायण पंडितको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
जिल्ला स्काउट कार्यालय सुनसरी आयोजनामा हरिनगर गाउँपालिकाका शिक्षकहरुको भेलाबाट शिक्षक पंडितको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । संयोजक सत्यनारायण पंडित हरिनगरा माविका शिक्षक हुन् ।
गाउँ स्काउट तदर्थ समिति हरिनगरको सदस्यहरुमा हरिनगरा माविका शिक्षकहरु सुशिला कुमारी कर्ण र राजाराम मेहता, बालकृष्ण माविका शिक्षकहरु हफाज अन्सारी र प्रमिला विक, जनता माविका शिक्षक जय नारायण यादव, श्रीमावि बसन्तपुरका शिक्षकहरु हरिनन्दन मेहता र अनिता मेहता, श्री अधारभूत विद्यालय घुस्कीका शिक्षक दिनेश प्रसाद यादव रहेका छन् । यसैगरी सल्लाहकारहरुमा हरिनगरा माविका प्रअ बलराम मण्डल, बालकृष्ण माविका प्रअ नजाम अन्सारी, श्रीमावि बसन्तपुरका प्रअ महानन्द मेहता, जनता माविका प्रअ सुरेश प्रसाद साह, नेपाल स्काउट सुनसरीका जिल्ला समन्वय आयुक्तका लक्ष्मण राई र नेपाल स्काउट सुनसरीका जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ रहेका छन् ।
हरिनगरमा समिति गठन भएपछि जिल्ला स्काउट कार्यालय सुनसरीका जिल्ला समन्वय आयुक्तका लक्ष्मण राई , नेपाल स्काउट सुनसरीका जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ र संयोजक पंडित सहितका पदाधिकारीहरुको संयुक्त टोलीले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
सुनसरी सहित मुलकभर युवा तथा खेलकुद मन्त्रालयले विद्यालयहरुमा स्काउटिङ्ग शिक्षा पु¥याउने उद्देश्यले जिल्ला स्काउट कार्यालय सुनसरीले विशुद्ध स्काउटिङ्ग क्रियाकलापहरुलाई विस्तार गर्ने क्रममा हरिनगर गाउँपालिकामा शिक्षकहरुको समिति गठन गरेको हो ।