इनरुवा । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा असोज ९ गते हुने पालिका स्तरीय अधिवेशनमा भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा आफ्नो जित सुनिश्चित भएको राजेन्द्र प्रसाद मेहताले बताएका छन् ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति लगायत अन्य पदमा सहमति हुन नसकेका कारण आफूहरु निर्वाचनको पखाईमा मात्र रहेकोले आफ्नो जित सुनिश्चित भएको मेहताले बताए । असोज ९ गते हुने भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशनमा आफनो पक्षमा वडा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुको समर्थन भएकोले जित सुनिश्चित भएको सभापति पदका उम्मेदवार मेहताले बताए ।
भोक्राहा नरसिंह गाउँपालिकामा ८ वटा वडा मध्ये २ वटा वडा बाहेक ६ वटा वडाका वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुको पूर्ण समर्थनले आफनो जित सुनिश्चित भएको मेहताको भनाई छ । भोक्राहा नरसिंह गाउँपालिकामा सहमतिको प्रयास गरेपनि सम्भव नभएकोले असोज ९ गते हुने निर्वाचनबाट आपूm सभापति पद निर्वाचित हुने कुनै शंका नरहेको मेहताले बताए । असोज ९ गतेको निर्वाचन नतिजाको पखाईमा बसेकोले सभापति सहित बाँकी सबै पदमा जित सुनिश्चित भएको मेहताले दावी गरेका छन् ।
सुरसेर दैनिकसँगको कुराकानीमा सभापति पदका उम्मेदवार मेहताले नयाँ नेतृत्व परिर्वतनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुले आपूm लगायतको टिमलाई समर्थन गरेकोले असोज ९ गते बिजयी जुलुसको तयारी समेत पुरा भएको उनले बताए ।
भोक्राहा नरसिंहमा नयाँ नेतृत्वको माग भएपछि आपूmले सभापति पदमा उम्मेदवारी घोषणा गरेकोले सबैको साथ सहयोगको अपेक्षा गर्दै अगामी दिनमा सबैको सल्लाह सुझावलाई मध्यनजर गर्दै नमुना कार्य गरी सबैको मन जित्न सफल हुने विश्वास समेत उनले व्यक्त गरे ।
नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने र आपसी समझदारीमा सबै कार्य गर्ने, अग्रजलाई सम्मान गर्दै युवाहरुलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिदै अगाडी बढ्ने उनले बताए ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–६ का वडा सभापति जमालुद्धिन मंसुरीका अनुसार सभापति पदमा राजेन्द्र प्रसाद मेहता लगायतको टिमका सबै पदाधिकारीहरुको जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।
यसैगरी भोक्राहा नरसिंह नेपाली कांग्रेसका अग्रज नेताहरुका अनुसार राजेन्द्र प्रसाद मेहता भारी मतले बिजयी हुनेमा ढुक्क रहन समेत अनुरोध गरेका छन् । राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का वर्तमान क्षेत्रीय सचिव हुन् ।