Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाल जेसीजमा इनरुवाको नेतृत्व आवश्यक : कोइराला
71
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस सुनसरीका सभापति एव प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले अगामी दिनमा नेपाल जेसीजमा इनरुवाले नेतृत्व लिन आवश्यक रहेको बताएका छन् ।

सुनसरीको इनरुवामा जेसीजको एरिया ए सम्मेलन कार्यक्रमलाई उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । जेसीजको एरिया ए सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले अगामी दिनमा नेपाल जेसीजमा इनरुवाले नेतृत्व लिनका लागि ढोका ढकढकाउनु आवश्यक रहेको बताए । नेपाल जेसीजका पदाधिकारीहरुले पनि इनरुवाबाट नेतृत्व गराउने गरी अगामी वर्ष २०२२ का लागि ढोका खोलेर सहयोग गरिदिनका लागि उनले अनुरोध समेत गरेका छन् ।

नेपाल जेसीजको आयोजना र इनरुवा जेसीजको आतिथ्यतामा सुरु भएको जेसीजको एरिया ए सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले जेसीजले नेतृत्व र व्यक्तित्व विकास गर्ने पाठशाला भएकोले इनरुवा जेसीजका नेतृत्व गर्नेहरु पालिका, प्रदेश र संघमा नेतृत्व गरेकाले इनरुवाको जेसीज सफल भएको बताए ।

इनरुवा जेसीजका नेतृत्वकर्ताहरु सफल भएकाले अगामी वर्ष २०२२ का लागि आट साहस र हिम्मत गरेर नेपाल जेसीजमा नेतृत्व गर्नका लागि इनरुवा जेसीजका पदाधिकारीहरुलाई तयारीमा जुटन समेत उनले अनुरोध गरे । इनरुवामा बिभिन्न संघसंस्था बन्द भएर हराएपनि इनरुवा जेसीज बाँचीरहेकोले अगामी दिनमा मलजल गरेर एकताको सुत्रमा बाँधेर लैजानुपर्ने आवश्यक रहेको समेत उनले बताए
फरक प्रसंगमा नेता कोइरालाले जेसीजको गुटबन्दी व्यवस्थित भएपनि राजनैतिक दलभित्रको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेका कारण मुलुकमा समस्या उत्पन्न भएकोले जनता अन्योलमा पर्ने गरेको बताए । जेसीजमा व्यत्तिको शासन होइन, विधिको शासन हुनुपर्छ भन्ने मान्यातालाई सबैले आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने समेत उनको तर्क थियो । जेसीजको एरिया ए सम्मेलनको सफलताको शुभकामना समेत उनले व्यक्त गरेका थिए ।

त्यसैगरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजको इतिहासमा इनरुवा जेसीजको भूमिका सबैका लागि प्रशंसनीय योग्य रहेको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय अध्यक्ष खनालले जेसीजबाट नेतृत्व र व्यक्तित्व विकास र समाज रुपान्तरण गर्न इनरुवा जेसीजको भूमिका र योगदान रहेको कुरालाई चर्चा गरेका थिए । नेपाल जेसीजले युवाहरुलाई सही मार्गनिर्देशन देखाउँदै नेतृत्व र क्षमता विकास गर्न मदत गरेको उनले बताए । वर्षेनी बेरोजगार युवाहरु खाडी मुलुकमा रोजगारको शिलशिलामा बिदेशिने गरेकोले देशमा रोजगार सिर्जना गरेर रोजगारको अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी इनरुवा नगरपालिकाका राजन मेहताले जेसीजको एरिया ए सम्मेलनको शुभकामना व्यक्त गरेका छन् । जेसीजबाट नेतृत्व गरेका व्यक्तिहरु अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पालिका, प्रदेश, संघ र जिल्लामा नेतृत्व गर्न खोज्ने सक्षम युवाहरुलाई नेतृत्व प्रदान गर्नका लागि आ–आफनो ठाउँबाट सहयोग गर्नका लागि समेत उनले अनुरोध गरे ।

यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले नेपाल जेसीजको आयोजनामा एरिया ए सम्मेलनले इनरुवालाई चिनाउन थप मदत पुगेको बताए । इनरुवामा भएको सम्मेलनमा मेची देखी महाकालीसम्मका जेसीजमा आवद्ध भएका युवाहरुको उत्साह र उमंगले युवाहरुमा थप उर्जा आएको उनले बताए ।

सम्मेलनका निर्देशक चन्दन यादवले धेरै प्रयास र पहलबाट इनरुवामा एरिया ए सम्मेलन गर्नका लागि सफल भएको बताउँदै इनरुवामा ऐतिहासिक सम्मेलनले थप उर्जा आएको बताए । इनरुवा जेसिजका अध्यक्ष सम्यम कोइरालाले स्वागत मनतब्य व्यक्त गरेका थिए भने कार्यक्रम इनरुवा जेसीजका धिरज भट्टराईले संचालन गरेका थिए ।
एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । थिम सेमिनारका वक्ताहरु अनिल भेडवाल , राजीव ढुङ्गाना, भीम घिमिरे रहेका थिए । हिजोबाट सुरु भएको जेसीजको एरिया ए सम्मेलन आज सम्पन्न हुने बताइएको छ ।

Tags: इतिहासमा इनरुवा जेसीजको भूमिकाजेसीजको एरिया ए सम्मेलन
Share28Tweet18SendScan
Previous Post

इनरुवामा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै संघर्ष समिति

Next Post

सुनसरीमा रेविजविरुद्धको खोप कार्यक्रम संचालन

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post

सुनसरीमा रेविजविरुद्धको खोप कार्यक्रम संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In