इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले बिहिवार तेस्रो दिन पनि तीन घण्टा धर्ना दिएको छ ।
इनरुवाको लोकतान्त्रिक चौकमा बिहिवार पनि धर्ना कार्याक्रमलाई निरन्तरता दिदै तीन घण्टा धनौ दिएका हुन् । इनरुवा–२ को पपुलर एफ एमदेखी नाराबाजी गदै संघर्ष समितिका पदाधिकारीहरुले इनरुवाको इनार चौकमा धर्ना बसेका थिए ।
इनरुवा अस्पतालमा भाइ भजितालाई पाल्न पाउँदैन, अस्पतालमा अनावश्यक कर्मचारी खाली गर, अस्पतामा बीमाको औषधी उपलब्ध गराउ, अस्पतालमा कमिशनको चक्कर बन्द गर, अस्पतालको अतिक्रमण जग्गा फिर्ता गर, अस्पतालमा सर्पदंशको उपचार सुचारु गर, अस्पतालबाट रिफर प्रणली बन्द गर, अस्पतालमा ब्लड बैंकका लागि उठाएको रमकबाट ब्लड बैंक बनाउ लगायतको नाराबाजी गर्दै धर्ना कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।
इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले उठाएको २५ बुँदे मागलाई यथासिघ्र सम्वोधन गर्नुपर्ने माग राख्दै तीनदेखी धर्ना कार्यक्रमलाई जारी राखेको छ । अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहु, समितिका प्रवक्ता धर्मवीर आर्य लगायतकाले एक हप्तासम्म धर्ना कार्यक्रमलाई जारी राख्ने बताएका छन् ।
समितिको संयोजक साहुले माग पुरा नभए अस्पतालमा तालावन्दी गर्ने चेतावनी दिएका छन् । समितिले उठाएको माग पुरा नभए सम्म सडकमा बस्न तयार रहेको समेत उनले बताए ।
त्यसैगरी भुवनेश्वर यादवले संघर्ष जारी राख्दै माग पुरा गर्न आफुहरु सडक तताउन तयार रहेकोले सम्वन्धित निकायले समयमै मागलाई सम्वोधन गर्न आवश्यक रहेको बताए । उनले जनतासँग स्वास्थ्य क्षेत्रमा खेलवाड गर्न नमिल्ने र अस्पतालमा रेफर होइन, उपचारको व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।