ताविल अंसारी
सुनसरी । नेपाली काँग्रेसको १४औं अधिवेशन अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकामा नेतृत्व चयन प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
हिजो देखि शुभारम्भ भएको नेतृत्व चयन प्रकृया कानुनी बखेडा खडा गरि झमेला सृजना भए पछि समझदारी कायम हुन नसकेर वादविवाद भएका कारण निर्वाचन समितिले अनिश्चित कालका लागि चुनावी प्रकृया स्थगित गरेको हो ।
प्राप्त जानकारी अनुसार नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति पदका लागि तीन जनाले हिजै मनोयनपत्र दर्ता गराएका थिए ।
खास गरि दुइ जना कडा प्रतिस्पर्धीको रुपमा मनोयन दर्ता गराएका युवराज दाहाल र राजेन्द्र प्रसाद मेहता पक्ष विच मेहता माथि गरिएको उजुरीको विषय लिएर विवाद बढे पछि निर्वाचन प्रकृया स्थगन भएको हो । अहिले नेपाली काँग्रेसको जारी सकुर्लर बमोजिम स्थानीय ,प्रदेश ,संघिय निर्वाचनमा स्वतन्त्र उम्मेवार र उनका समर्थक प्रस्तावकलाई निर्वाचन प्रकृयामा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेकाले स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारको समर्र्थक बसेको भनि राजेन्द्र प्रसाद मेहताको उम्मेदवारी प्रति उजुरी परेको थियो । र उनलाई उम्मेदवारबाट हटाउने माँग सहित युवराज दाहाल पक्षधरले निर्वाचन समितिलाई दबाब दिएका थिए ।
सोही विषयको वादविवादले उग्र रुप लिए पछि हिजै अनिश्चिकालका लागि चुनावी प्रकृया सुचना टाँस गरेर स्थगित गरिएको थियो ।
तर सभापतिका उम्मेदवार राजेन्द्र प्रसाद मेहताले स्थानीय भोक्राहा नरसिंह गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार अजमल हुसैन लाई पार्टीको विधान र आचार संहितालाई आत्मसात गरेर सघाएको , सवारी साधन प्रयोजनका लागि अजमल हुसैनले नै स्वतन्त्र उम्मेदवार बनाएको र उसको समर्थकमा उनीहरुकै आग्रहमा बसेको वास्तविकता बताउँदै पार्टीको हितमा नै काम गरेता पनि अहिले आफु नेपाली काँग्रेसको सभापति पदमा मनोयन दर्ता गर्दा मेरा प्रतिद्धन्दी युवराज दाहालका पक्षधर अजमल हुसैनले गलत नियत राखि मेरो विरुद्ध उजुरी दिन लगाएको कारण विवाद बढेको बताए ।
हिजोका दिन स्वतन्त्र उम्मेवार बनाएर पाउने सेवा सुविधा प्रयोजनका लागि स्वतन्त्र उम्मेदवारको समर्थकमा बस्न लगाउने तर आज काँग्रेस अधिवेशनका बेला सभापति पदबाट उम्मेदवार हुन बाट बंचित बनाउन षडयन्त्रमुलक ढंगले नैतिकहिन काम गरेकाले त्यसको विरुद्ध लडाई लडेको समेत स्पष्ट पारे । निर्वाचन समितिले दुवै पक्षबाट ५–५ जना तोकेर समझदारी कायम गराउन पहल गर्न दिएको अवसरमा दुवै पक्षका बसेका पक्ष विच लामो छलफल हुँदा पनि अन्तः युवराज दाहाल पक्षका सहभागिहरुले युवराज दाहाललाई सभापति स्वीकार्नु पर्ने अन्य पदाधिकारीहरुका आधा आधा भागबण्डा गर्नु पर्ने ,राजेन्द्र प्रसाद मेहतालाई व्याक गराउने जस्ता शर्तहरु राखे पछि कुरा मिल्न नसकेको वार्तामा सहभागि डा. इसराइल मन्सुरीले बताए ।
वार्तामा कुरा नमिले पछि युवराज दाहाल पक्षधरहरुले राजेन्द्र्र प्रसाद मेहतालाई कारबाही गरी चुनाव प्रकृया अगाडी बढाउनका लागि नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा दबाब दिन पुगेको सुचना पाएर राजेन्द्र प्रसाद मेहताका पक्षधरहरु पनि दबाब सृजना गर्नका लागि जिल्ला पार्टी कार्यालय पुगेका थिए । दुवै पक्षका भेला भएकाहरुको पार्टी कार्यालयको मुल गेट अगाडी घम्साघम्सी हुँदै कुटाकुट समेत भएको थियो । एक विश्वस्त सुत्रका अनुसार दुवै पक्ष विचको टकराव कुटाकुटमा परिणत भए पछि जिल्ला पार्टी सभापति राजीव कोइरालाको नेतृत्वमा दुवै पक्षका भेला राखि समझदारी कायम नहुन्जेल सम्म भोक्राहा नरसिंह गाउँपालिकाको काँग्रेस नेतृत्व चयन स्थगन रहने छ ।