लौकही । नेपाली कांग्रेस कोशी गाउँपालिकाका सभापति पदमा सुलेमान मंसुरी भारी मतले बिजयी भएका छन् ।
कोशी गाउँपालिकामा सभापति बाहेक अन्य पदमा सर्वसहमतिबाट नेतृत्व चयन भएका थिए । नेपाली कांग्रेसका सभापति पदमा सुलेमान मंसुरीले १ सय २७ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३० मत ल्याएर पराजित भएका छन् ।
कोशी गाउँपालिकामा १ सय ६१ जनाले मतदान गरेकोमा चार वटा मत बदर भएको मतदान अधिकृत हरेकृष्ण प्रसाद राउतले जनाएको छ ।
नेपाली कांग्रेस कोशी गाउँपालिकाका सभापति पदमा बिजयी भएका मंसुरी कोशी–३ का वर्तमान वडाध्यक्ष समेत हुन् । यसअघि पनि नेपाली कांग्रेसको समायोजनबाट पनि मंसुरी नै सर्वसहमतिबाट सभापतिमा चयन भएका थिए भने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पालिका अधिवेशनबाट पुनः सभापति पदमा निर्वाचित भएका छन् ।
कांग्रेसको उपसभापति, सचिव, सहसचिव र सदस्य पदमा निर्विरोध चयन भएका थिए ।
उपसभापतिहरु धर्मेन्द्र विश्वास र रघुनाथ प्रसाद देव, सचिवहरुमा निर्मल मण्डल र ध्यानी उराँव, सहसचिवहरुमा जगदिश कामैत र सन्तोष प्रसाद यादव सर्वसहमतिबाट चयन भएका थिए ।