इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत इनरुवा नगर कार्य समितिको सचिव पदमा राकेश निरौला र खेमराज थापा बिजयी भएका छन् । सचिव पदमा निरौलाले २ सय ५९ मत र थापाले २ सय ८ मत ल्याएर बिजयी भएका हुन् । तीनजनाबीच भएको प्रतिस्पर्धामा सन्तोष शर्माले १ सय ८२ मत ल्याएका थिए । वडा सभापति र क्षेत्र प्रतिनिधि समेत गरी जम्मा ४ सय १८ जना मतदाता रहेकोमा ४ सय १६ मत खसेको थियो ।
इनरुवा नगर कार्यसमितिको सभापति, उपसभापति र सचिव पदका लागि शनिबार निर्वाचन भएको थियो भने अन्य पदहरु निर्विरोध चुनिएका थिए । समाचार तयार पारुन्जेलसम्म सभापति र उपसभापतिको मतगणना जारी रहेको थियो ।