गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा–४ मा रहेको स्वर्गद्वारी घाटमा इनरुवाका युवा तथा अग्रजहरुको सहयोगमा भेपर लाईट जडान भएको छ ।
इनरुवा–४ मा रहेको स्वर्गद्वारी घाटमा रहेको बत्ती बिगे्रको अवस्थामा रहेको हुँदा सर्वसाधारणलाई रातीको समयमा शव व्यवस्थापन गर्न समस्या भएकोले युवा तथा अग्रहहरुले स्वर्गद्वारी घाटमा सरसफाई गर्दै भेपर लाइट जडान गरेका हुन् ।
घाटमा रातीको समयमा उज्यालो नहुदाँ युवाहरुको प्रयासमा भेपर लाइट लगाएर रातीको समयमा उज्यालो व्यवस्था गरेका छन् । लामो समय देखी सरसफाई नभएको कारण घाटमा सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्यालाई मध्यनजर गर्दै घाटमा युवाहरुको सक्रियतामा सरसफाई गरिएको हो । घाटमा सरसफाई र बत्ती नभएको कारण रातीको समयमा शव व्यवस्थापन गर्न सर्वसाधारणहरु समस्याको अन्त्य भएको छ ।
शनिवार बिहान इनरुवाका युवा तथा अग्रजहरुले स्वर्गद्वारी घाटमा सरसफई गरी बत्ती ३ थान भेपर लाईट जडान गरेको र थप एक थान भेपर लाईट जडान गर्न बाँकी रहेको उत्तम राईले जानकारी दिए ।
भेपर लाईट खरिदका लागी गोपाल श्रेष्ठ,सोहन तिवारी,बेचन स्वर्णकार,उमेश दियालीले सयुंक्त रुपमा १५ हजार सहयोग गरेका छन् ।
सरसफाई कार्यक्रममा नविन केसी,सुजित नेपाल,बिरेन साह,रोशन अधिकारी,प्रमोद आचार्य,सोहित तिवारी,सिरिश श्रेष्ठ,ईस्वर न्यौपाने,रमेश कार्की,उमेश गुप्ता,टुविन्द्र लुइटेल,हरि दाहाल ,उत्तम राई लगायतको सहभागीता रहेको गियो ।












