Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहुले इनरुवा मृत नगर भए जस्तो र जनता मुर्दा जस्तो बनेको बताएका छन् । संघर्ष समितिले इनरुवामा जारी राखेको धर्ना कार्यक्रम सोमवार समापन कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
असोज ५ गतेदेखी सुरु गरेको धर्ना कार्यक्रम सोमवार सम्पन्न भएको हो । इनरुवा अस्पताल सुधार संघर्ष समितिको पूर्व घोषित कार्यक्रम अनुसार एक हप्ता धर्ना कार्यक्रमलाई निरन्तरता दिदै हिजो सम्पन्न गरेको हो ।

इनरुवा अस्पतालमा सेवा सुविधा उपलब्ध नगराइएको र समितिले २५ बुँदे उठाएको मागलाई हालसम्म सम्वोधन गर्न नसकेको कारण धर्ना कार्यक्रमलाई स्थगित गरेर रिले अनसन कार्यक्रम सुरु गर्ने तयारीमा जुटेको संघर्ष समितिको संयोजक साहुले बताए ।
जिल्ला अस्पताल इनरुवा जस्तो नभएको भन्दै इनरुवा मृत नगर जस्तो लाग्न थालेको, उनले भने, ‘जिल्ला अस्पतालमा सेवा सुविधा नभएको भन्दै बिरामीहरुलाई रेफर मात्रै गरेको छ ।

संघर्ष समितिले १० महिना अघिदेखी माग पुरा गराउनका लागि स्थानीय सरकार, सुनसरी प्रशासन, अस्पताल विकास समिति, प्रदेश सरकार र संघीय सरकारलाई गुहार गर्दा समेत अहिले सम्म कुनै सुनवाई नभएको गुनासो समेत उनले गरेका छन् ।
सातौ दिनको धर्ना कार्यक्रममा संयोजक साहुले बोल्दै २५ बुँदै माग सबै निकायले जायज भएको स्वीकार गरेको भएपनि माग सम्वोधन नगरेको बताए । सातौ दिनसम्म धर्ना कार्यक्रम गरेपनि माग सुनवाईको कुनै छाटकाट नदेखिएको समेत उनले गुनासो गरे ।
इनरुवा अस्पतालमा उपचार नगरी बाहिरको अस्पतालमा रेफर गर्ने गरेको छ । बिरामीहरुले लामबद्ध भएर गर्मीयामको मौसममा अस्तपालमा रेफर लिनका लागि बसेपनि उनीहरुको लागि पंखा र एसीको समेत व्यवस्था नरहेकोले बिरामीहरुले सास्ती भोग्नुपरेको उनको भनाई छ ।

इनरुवा अस्पतालमा पार्टीका कार्यकर्ताहरुलाई भर्ना गरी भर्तीकेन्द्रको रुपमा स्थापना गरेकोले भाइ भतिजाहरुलाई अस्पतालबाट हटाउनुपर्ने माग समेत संघर्ष समितिले गरेको छ । जनताको लागि शिक्षा र स्वास्थ्य मौलिक अधिकार भएपनि अस्पताल प्रशासनले अधिकारबाट कुण्ठित गरेको समेत संघर्ष समितिको ठहर छ ।
अस्पताल सुधारका लागि १० महिनादेखी लगातार आवाज उठाएपनि हालसम्म कसैको ध्यानाकर्षण नभएको समितिले जनाएको छ । सुनसरी क्षेत्र नम्बर–२ का सांसद सीताराम मेहता, प्रदेश–१ सांसद राजीव कोइराला, इनरुवा नगरप्रमुख राजन मेहता, अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारी लगायतका जनप्रतिनिधिहरुले समेत चासो नलिएको हुदाँ उनीहरुप्रति धिक्कार छ, संयोजक साहुले भने ।

जनताप्रति गैर जिम्मेवारी र उतरदायी नबनेको भन्दै संयोजक साहुले अस्पतालको बेथितिलाई कसैले पनि अन्त्य गर्न पहल र प्रयास नगरेकोले संघर्ष समितिले १० महिनादेखी माग पुरा गराउनका लागि आन्दोलनको कार्यक्रम सुरुवात गर्न बाध्य बनाएको धर्ना कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

माग पुरा नभएकोले दवावमुलकका लागि रिले अनसन कार्यक्रमको तयारीमा थालिएको समेत वक्ताहरुले बताए । इनरुवाबासी लगायत आसपास क्षेत्रका बिरामीहरुलाई समेत उपचार नगरी बाहिरको अस्पतालमा रेफर गर्ने गरेकोले अस्पतालमा रेफर होइन, उपचार चाहियो भन्ने मुल नारालाई सार्थक बनाउने प्रयासमा समेत उनीहरु सक्रिय हुन थालेका छन् ।

इनरुवा अस्पताल सुधारको लागि गठित संघर्ष समितिले सात दिनको धर्ना कार्यक्रमलाई समापन गर्दै आन्दोलनको थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । असोज १५ गतेदेखि कार्तिक मसान्तसम्म ५० ठाँउमा संघर्ष समिती बिस्तार तथा अन्य पालिकामा अन्तरक्रिया गर्ने, मंसिर १ गतेदेखि इनरुवा बजारको गोल चौकमा रिले अनशन बस्ने कार्यक्रम घोषणा गरेको इनरुवा अस्पताल सुधार संघर्ष समिति सुनसरीले जनाएको छ । अस्पताल सुधारको अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष साथ, सहयोग र सहयोग गरेकोमा सबैलाई संयोजक साहुले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

सातौ दिनसम्मको धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै संयोजक साहुले इनरुवा नगरप्रमुख राजन मेहतालाई बढी होच्याएको र च्यालेनज दिएको स्थानीयहरुले बताएका छन् । सातौ दिनसम्म सबैभन्दा बढी केन्द्रीत भाषण नगर प्रमुख मेहता माथि नै इंकित गरेर संयोजक साहुले आक्रोसित मन्तब्य व्यक्त गरेको इनरुवाबासीले सुरसेर दैनिकलाई बताएका छन् ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधार संघर्ष समिति
Share23Tweet15SendScan
Previous Post

विराटनगर कान्तिपुर इन्ष्टिच्युटको अभिमुखीकरण सम्पन्न

Next Post

धार्मिक विधिअनुसार जितिया पर्व सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
धार्मिक विधिअनुसार जितिया पर्व सुरु

धार्मिक विधिअनुसार जितिया पर्व सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In