Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

धार्मिक विधिअनुसार जितिया पर्व सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
धार्मिक विधिअनुसार जितिया पर्व सुरु
79
SHARES
Share on FacebookShare on Twitter

डुमरलाल मेहता
सुनसरी । सुनसरी लगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व सोमवारबाट सुरु भएको हो ।
व्रत बस्नुअघि आश्विन कृष्णसप्तमी तिथिका दिन बिहान व्रतालुहरुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, शख्खर र तोरीको तेल बाबा जितमहान देवतालाई चढाइ पूजापाठ गरेका छन् ।

चढाएको तेल सन्तानलाई टाउकोमा लगाइदिनाले रोगव्याधि नलाग्ने तथा दीर्घायु हुने धार्मिक विश्वास रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यबाहक अध्यक्ष पुनम मेहताले बताए । व्रतको पहिलो दिन सोमबार महिलाहरुले घिरौलाको पातमा भगवान् जितमहाना र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट खाएका छन् । व्रतालु महिलाले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खान्छन्, जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । एकल महिला र ब्रत बसेका महिलाहरुले भने कोदोको रोटी, साग, फलफूल खाएका छन् ।

मैथिल र थारु समुदायका महिलाहरूले सन्तानको दीर्घायुका लागि मनाउने यो पर्व यस वर्ष मंगलबार विहान ३ बजेदेखि विधिवत रुपमा उपवासमा बसेपछि शुभारम्भ हुँदैछ । आश्विन कृष्ण अष्टमी तिथि मंगलबार विहान ३ बजेदेखि सुरु भएको र बुधबार बेलुका ५ः२० बजे समाप्त भई पारायण गरी प्रसाद ग्रहण गरेपछि मात्र सम्पन्न हुने प्रेम झाले बताए । उनका अनुसार यस वर्ष बिहान महिलाहरुले खाने अंगुठन नरहेकोले यस वर्ष जितियाको अंगुठन नखाइने भएको छ ।

अष्टमी तिथि लाग्नुभन्दा पहिले नै व्रतालु महिलाले भोजन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात बुधबार बेलुका ५ बजेर २० मिनेटमा मात्र पारायणको प्रसाद ग्रहण गरी भोजन गर्न पाउँछन् । तिथिको समयको हेरफेरका कारण ओटघनको मंगलबार बिहान (खानेकुरा ओठमा लगाउने विधि) साइत रहेको यस वर्ष व्रतीहरुलाई ३६ घण्टाको उपबास बस्नुपर्नै झाले बताए ।

पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वासका कारण जितिया पर्व मनाउँदै आएको हरिनगर गाउँपालिका–३ गौतमपुरको सन्जु मेहताले बताईन् । व्रतालुहरुले पितृपक्ष परेकाले दिवङ्गत सासू, आमाको नाममा आत्माको शान्तिका लागि उनीहरूको नाममा सधवा महिलालाई निम्तो दिई भोजन गराएका छन् । भोजन गर्ने महिलालाई पितराइन भन्ने गरिन्छ ।

व्रतालुहरुले मङ्गलबार नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गरी व्रतको सङ्कल्प गरेर घरमा आई डाली भर्छन् । डालीमा बाँसको पात, ओखरी (फुलाएको केराउ, मुंग) नरिवल, काँक्रा, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिला भेला भएर जितवाहन व्रतको महत्व, पर्वको शुभारम्भका बारेमा महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखेर पूजाआजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहहरु समेत गर्ने गर्दछन् । यसैगरी हरिनगर–४ को बालुवानमा जितिया पर्वको अवसरमा २४ सैं घण्टा अष्टयामको आयोजना गरिएको छ ।

Share32Tweet20SendScan
Previous Post

“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

Next Post

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In