इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते पालिका स्तरीय अधिवेशन हुन नसकेका ठाउँहरुमा निर्वाचन कार्यतालिका प्रकाशित नहुनजेलसम्मका लागि निर्वाचन स्थगित गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज १० गते बसेको बैठकले निर्वाचन हुन बाँकी रहेको जिल्लाहरुमा निर्वाचन कार्यतालिका पछि प्रकाशित गर्ने गरी हाललाई स्थगित गरिएको निर्णय गरेको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि असोज ८ गते नै विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । असोज ९ गते भनिएको निर्वाचन हुन नसकेपछि अनिश्चितका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकामा दुईवटा समुहबीच आपसी समझदारी हुन नसकेपछि असोज ९ गते निर्वाचन नभएकोले अनिश्चितका लागि स्थगित गरिएको हो । निर्वाचन हुन नसकेको जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले अर्को कार्यतालिका प्रकाशन नगरेसम्म कुनै पनि जिल्लामा निर्वाचन नहुने स्पष्ट सूचनामा लेखिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा युवराज दाहाल र राजेन्द्र प्रसाद मेहता समुहबीच समझदारी हुन नसकेपछि निर्वाचन स्थगित भएको थियो । असोज ८ गते उम्मेदवारहरुले मनोनयन दर्ता गरेपछि युवराज दाहाल सुमहका इलियास मियाँले सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहता विरुद्ध उजुरी दिएपछि विवाद उत्पन्न भएको थियो ।
नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले असोज १० गते जारी गरिएको सूचनाका अधारमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि लागू हुने कांग्रेसी नेताहरु बताउँछन् । नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादव, सदस्यहरु गोपालकृष्ण घिमिरे, सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलद्वारा हस्ताक्षरित सूचनामा हाललाई २१ वटा हिमाली जिल्ला बाहेक अन्य सम्पूर्ण जिल्लाको बाँकी रहेको निर्वाचन कार्यतालिका पछि प्रकाशित गर्ने गरी हाललाई स्थगित गर्ने उल्लेख
गरिएको छ ।
यता नेपाली कांग्रेस सुनसरी जिल्लाका निर्वाचन अधिकृत उत्तम पौडेलले भोक्राहा नरसिंह गाउँपालिकाको सवालमा केन्द्रीय निर्वाचन समितिमा जानकारी गराएकोले हालसम्म कुनै निर्णय नआएकोले शनिवार निर्वाचन हुन सक्ने सम्भावना नदेखिएको सुरसेर दैनिकको कुराकानीमा बताए ।
भोक्राहा नरसिंह गाउँपालिकामा हुने निर्वाचनका बारेमा केन्द्रले दिएको निर्देशन अनुसार निर्वाचन गराउने र हालका लागि निर्वाचन अनिश्चित स्थगित गरिएको समेत उनले
जनाएको छ ।