हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–७ का उराँव समुदायले हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई सम्मान गरेको छ । उराँव समुदायले करमा धर्मा पर्वको अवसरमा हरिनगरका अध्यक्ष अन्सारीलाई सम्मान पत्र सहित ढाका टोपी लगाएर सम्मान गरेको हो ।
हरिनगर गाउँपालिका–७ कविलासामा आयोजीत करमा धर्मा पुजा समापन कार्यक्रममा पालिकाका अध्यक्ष अंसारीलाई सम्मान गरिएको हो । २०७८ असोज ३ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीलाई सुप्रबल जनसेवाश्री पदबाट विभुषित गरिने भएकोले सम्मान गरिएको हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशिल ठाकुरले बताए । कार्यक्रममा हरिनगर–६ का वडाध्यक्ष इसराईल अन्सारी लगायत एक सय बढीको सहभागिता रहेको थियो ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












