Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहमा मुर्ती सेलाएर फर्किदा दुई पक्षबीच कुटाकुट

धर्ममाथि राजनीति नगर्न स्थानीय बुद्धिजीवीको आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहमा मुर्ती सेलाएर फर्किदा दुई पक्षबीच कुटाकुट
213
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा जितिया पर्वको अवसरमा बाबा जितमहानको मूर्ती सेलाएर फर्किदा धर्मलाई राजनीतिकरण गर्दै देउवा र पौडेल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको बताइएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२मा जितमहानको मूर्ती सेलाएर फर्किदा दुई पक्षबीच कुटाकुट हुदाँ १६ जना घाइते समेत भएका छन् ।

मुर्ती सेलाएर फर्किदा एक पक्षले डीजे साउण्ड सिस्टममा ठूलो साउण्ड बजाएर नाचनाग गर्दै आइरहेको सो समुहलाई भोक्राहा नरसिंह–२ का ओमप्रकाश मेहताले साउण्ड सिस्टमको साउण्ड कम गर्न अनुरोध गर्दा नमानेपछि दुई पक्षबीच कुटाकुटको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । जितिया पर्वको अवसरमा भोक्राहा नरसिंहमा दुईवटा ठाउँमा मुर्ती बनाई पुजाआजा गरिएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा अधिवेशनका पौडेल र देउवा पक्ष बीच सहमति हुन नसकेपछि भोक्राहा नरसिंह–२ मा चुनावी प्रतिस्पर्धाबाट पौडेल पक्ष बिजयी भएको थियो । नेपाली कांग्रेसको वडा अधिवेशनबाट नै दुई पक्षबीच मनमुटाव सुरु भएको थियो ।

वडा अधिवेशनको रिसिबी साध्नका लागि जितिया पर्वलाई माध्यम बनाइएकोमा धर्मप्रेमीहरु दुखित छन् । जितियाको अवसरमा मुर्ती सेलाएर फर्किने क्रममा दुवैपक्षबीच कुटपिट भएको भोक्राहा नरसिंह–२ का पवन कुमार मेहताले बताएका छन् । देउवा पक्षको समूहले नियोजित ढङ्गबाट आक्रमण गरी कुटपिट गरेकोले दोषीमाथि कार्वाही हुनुपर्ने माग समेत उनले गरेका छन् । १६ जना मध्ये ९ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार पछि घर फर्किएका छन् भने ७ जना विराटनगरको गोल्डेन हस्पिटलमा उपचाररत रहेको मेहताले बताए । उपचाररत ७ तै जनाको अवस्था गम्भिर रहेको समेत उनले बताए । उनीहरु पौडेल पक्षको भनेर घाइते भएका हुन जो नेपाली कांग्रेसको सक्रिय सदस्य समेत नरहेको बुझिएको छ ।

उनीहरु सबै बालबालिका रहेका छन् । मेहताले नियोजित रुपमा कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत बताए । पवन कुमार मेहताले कांग्रेसको वडा अधिवेशनमा पौडेल समुहलाई सघाएको थियो । मेहताका अनुसार आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिइने छ । पीडक पक्षले कुनै चासो नलिएकोले कानुनी उपचारबाट नै न्याय खोजिने समेत मेहताले बताए ।

यता देउवा पक्ष मानिएका नारायण मेहताले उनीहरु मुर्ती सेलाएर फर्किदा डिजे साउण्ड सिस्टममा ठूलो साउण्ड बनाएर नाचगान गर्दै आइरहेको बेला ओमप्रकाश मेहताले साउण्ड कम गर्न भनेकोमा एक्कासी गाडीबाट ओर्लिएर कुटन थालेपछि कुटाकुट भएको बताए । आपूmहरु माथि लगाईएको आरोप निराधार रहेको समेत उनले बताए । सुनसरी खोलामा मुर्ती सेलाएर फर्किदा शुक्रवार बेलुका दुई पक्षबीच कुटाकुट भएको थियो । यस घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत उनले गरे ।
कांग्रेसको वडा अधिवेशनमा पौडेल पक्षका उम्मेदवार बिजयी भएपछि निहुको प्रतिक्षामा रहेको देउवा पक्षलाई जितिया पर्वको मूर्ति सेलाउने कार्य नै प्रमुख कारक बन्न गयो ।

यता देउवा पक्षका सुकदेव मेहताले आपूmहरुलाई फसाउने षडयन्त्र भएको बताए । शुक्रवार घटना भएको बेला आपूmहरु बजारतिर रहेको उनले बताए । मुर्ति सेलाएर फर्किदा उनीहरुले नै नियोजित रुपमा झगडा गर्न खोज्दा दुबै पक्षबीच कुटाकुट भएको समेत उनले बताए । १६ जना मध्ये ७ जना गम्भिर घाइते भएर उपचाररत रहेकोले आपूm पनि दुःखी भएको बताए । लोकतन्त्रमा चुनावबाट आएको नतिजालाई सहर्ष स्वीकारेकोले यसमा कुनै रिसिवी नभएको उनले स्पष्ट पारे । समाजमा सौहादपुर्ण वातावरण बनाएर बस्नु पर्ने हाम्रो मान्यता भएकोले भोक्राहा नरसिंहमा उक्त घटना निन्दनीय रहेको र यसमा हाम्रो कुनै संलग्नता नरहेको समेत उनले प्रष्ट पारेका छन् ।

घाइते हुनेहरुमा भोक्राहा नरसिंह–२ का अशोक मेहता, रुपेश मेहता, कृष्णा मेहता, दिपक मेहता, सुर्य नारायण मेहता, अजय यादव र १० बर्षिय बालिका अन्जु मेहता रहेका छन् । उनीहरुको अवस्था गम्भिर रहेको पारिवारिक श्रोतले जनाएको छ ।
राजनीतिक विषयलाई धर्मसँग जोडेर हुन गएको यस प्रकारको घटनालाई स्थानीय बुद्धिजीवीहरुले घृणित कार्य भनेका छन् । धर्मलाई राजनीतिकरण नगर्न समेत स्थानीय बुद्धिजीवीले सुझाव दिएका छन् ।

Tags: टोमराज मेहतादुई पक्षबीच कुटाकुटदेउवा र पौडेल पक्षका कार्यकर्ताबीच कुटाकुटभोक्राहा नरसिंह गाउँपालिकामूर्ती सेलाएर फर्किदा धर्मलाई राजनीतिकरण
Share85Tweet53SendScan
Previous Post

मन्दिर सरसफाई

Next Post

एमसीसीविरुद्ध इनरुवामा प्रदर्शन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
एमसीसीविरुद्ध इनरुवामा प्रदर्शन

एमसीसीविरुद्ध इनरुवामा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In