Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी प्रहरी परिचालन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ७ हजार बढी  प्रहरी परिचालन
45
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । आउँदै गरेको दशैं, तिहार, छठ पर्वलाई लिएर १४ जिल्ला रहेको प्रदेश १ मा सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रदेशमा चार्डपर्व लक्षित सुरक्षा योजना प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्यान्वयनमा ल्याएको १ नं. प्रदेश प्रहरी कर्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।

प्रदेशभरीमा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए । दशैं, तिहार, छठ पर्वलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारिने डिआइजी बिसीले जानकारी दिए । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको उनले बताए । ठूलो आर्थिक कारबोर हुने सुन पसल, सपिङ महल, बैकिङ क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाइने डिआईजी बिसीले जानकारी दिए । त्यसैगरी सीमा क्षेत्रबाट हुने चोरी, पैठारी–निकासी, लागुऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै प्रहरीले विशेष निगरानी गर्ने डिआईजी बिसीको भनाइ छ ।

प्रदेशको जिल्लाहरूको विभिन्न स्थानहरूमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने व्यवस्था मिलाइएको छ । साथै विभिन्न स्थानहरूमा ट्राफिकसहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकामा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ । बजार एरिया र राजमार्गहरुमा हुने गतिविधिलाई सहज बनाउन पिकेट स्कर्टिङ मोवाईल गस्ती पनि परिचालन गरिने छ ।

आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरूको सुरक्षा व्यवस्थापन गरिएको छ । चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, अपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तिय संघ–संस्थालगायतका क्षेत्रलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता अपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्नका उक्त, योजना तयार गरिएको डिआइजी बिसीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयले प्रदेश तथा मातहत कार्यालयहरूमा चाडपर्व अवधिभर सादा पोसाक र गस्ती जस्ता कार्यहरू पनि बढाउने उनले बताए ।

१४ जिल्लामा यात्रु सहायता कक्ष संचालन चाडपर्वलाई लक्षित गरि प्रदेश १ को जिल्ला जिल्लाहरूमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा आएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण कुमार बिसीले आइतबार एक कार्यक्रमकाबीच यात्रु सहायता कक्षको उद्घाटन गरि संचालनमा ल्याएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन डिआइजी बिसीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले चाडपर्वलाई लक्षित गरि प्रदेश १ को १४ जिल्लामा यात्रु सहायता कक्ष संचालनमा ल्याएको जानकारी गराए ।
‘यात्रुहरूलाई सहजता प्रदान गरिन हामीले १४ जिल्लाहरूमा एक साथ प्रहरी दिवसको अवसर पारेर यात्रु सहायता कक्ष संचालनमा ल्याएका छौं,’ डिआइजी बिसीले भने, ‘ यात्रु सहता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्याहरू बुझेर समस्याको सावधान गर्नेतिर लाग्नेछन् ।’

ट्राफिक प्रहरीले सडकको राजदुतको हिसाबले काम गरेको जानकारी दिँदै डिआइजी बिसीले ट्राफिक व्यवस्थापनमा प्रहरी अग्रभावमा रहेर काम गर्दै आएको बताए । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको लागि एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सबै जिम्मेवार भएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार विराटनगर बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको बताए ।

दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउँदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए ।
कार्यक्रममा १ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी बासुदेव खतिवडा, जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमला, नेपाल यातायत व्यवसायी महासंघ मोरङका संयोजक राजन कडेलललायले बोलेका थिए ।

सोही अवसरमा चार दशक देखि ट्राफिक नियम पालान गरि सवारी चालउने तीन जना चालकहरूलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुने चालकहरूमा धर्म कुमार अधिकारी, दिपक बुर्जा मगर र अम्बिका अधिकारी रहेका छन् ।

Share18Tweet11SendScan
Previous Post

एक वर्षमा मकुना हात्तीले ६ जनाको ज्यान लियो,करेण्ट लागेर कोशी टप्पुमा मकुन हात्तीको ज्यान गयो

Next Post

इनरुवामा ५३ पिन्ट रगत संकलन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवामा ५३ पिन्ट रगत संकलन

इनरुवामा ५३ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In