इनरुवा । सुनसरीको इनरुवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इनरुवा–३ सखुवागाछीमा लायन्स क्लब अफ इनरुवा सुनसरीको आयोजनामा बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको हो ।
बृहत रक्तदान कार्यक्रममा इनरुवाका सर्वसाधारणहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको लायन्स क्लव अफ इनरुवा सुनसरीका अध्यक्ष राम पाठकले बताए । ‘रक्तदान जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
दोश्रो चरणको कोभिडले मुलुकमा रगत अभावका कारण सर्वसाधारणहरुको अकालमय मृत्यु हुने गरेको हुदाँ उनीहरुलाई रगत अभाव नहुन दिनका लागि रक्तदान कार्यक्रमको मुख्य उद्देश्य रहेको लायन्य क्लव अफ इनरुवाकी सहसचिव बिनिता दाहालले बताईन् ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाल आर्मी, लायन्स क्लवका पदाधिकारीहरु, सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
लायन्स क्लव अफ इनरुवाले सामाजिक क्षेत्रमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । कोभिडको दोश्रो चरणको लहरमा पनि स्वास्थ्य सुरक्षाका समाग्री वितरण सहित गरीव तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएर सहयोग गरेको लायन्स क्लव इनरुवाका सचिव प्रितम अटलले जानकारी दिए ।