हरिनगर । जनता समाजवादी पार्टी नेपालले हरिनगर गाउँपालिकामा कमिटि विस्तार गरेको छ । जनता समाजवादी पार्टी नेपाल हरिनगर–४ नम्बर वडा कमिटि गठन भएपछि विस्तार गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।
साविक हरिनगरा गाउँविकास वडा नम्बर–९ र हाल हरिनगर–४ मा जसपा नेपालले वडा स्तरीय कमिटिलाई विस्तार गरेको छ । हरिनगर–४ को यस अघि वडा स्तरीय कमिटि गठन भइसकेको छ । हरिनगर–४ मा साविकको हरिनगरा वडा नम्बर–९ मा ब्रहम नारायण मेहताको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा रामचन्द्र ऋषिदेव र जोगिन्द्र मेहता, सचिवमा शशि मेहता, सहसचिवमा धिरज मेहता र कोषाध्यक्षमा अशोक मेहता सर्वसहमतिबाट चयन भएका हुन् ।
सदस्यहरुमा अतमुन खातुन र पानालाल ऋषिदेव लगायत १५ जनाको कार्यसमिति चयन भएको छ । त्यसैगरी सल्लाहकारहरुमा रामसागर मेहता,रामफल मेहता, कदमलाल मेहता, बलदेव मेहता र प्रमेश्वर मेहता रहेका छन् । जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका र जसपा नेपाल हरिनगर–४ नम्बर वडा कमिटिको संयुक्त आयोजनामा कमिटि विस्तार गरिएको हो ।
जसपा नेपाल सुनसरीका सदस्य लखन महतोले अगामी निर्वाचनमा हरिनगरका सबै वडामा जसपाका उम्मेदवारहरुलाई विजयी गराउने लक्ष्यलाई अहिले देखी कसरत गरिरहेको बताए । जसपा नेपालबाट वडाध्यक्ष पदमा गत निर्वाचन जिताउन असफल भएकोले अगामी निर्वाचनमा सबै पालिकाको अध्यक्ष सहित सबै वडामा जसपाका उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी आएकोले अहिलेदेखी पार्टीको कामलाई अघि सार्दै जसपालाई मजबुत बनाउने कार्यमा जुटेको उनले बताए ।
त्यसैगरी जसपा नेपाल हरिनगरका अध्यक्ष धर्मवीर आर्य मेहताले पार्टीको सुदृढिकरण गर्दै पालिकाकाको सबै वडा र साविकको वडाहरुमा कमिटि विस्तार गर्ने क्रममा साविकको हरिनगर गाविस वडा नम्बर–९ मा वडा कमिटि विस्तार
गरिएको हो ।
जसपा पार्टीलाई मजबुत गर्ने कार्य अन्र्तगत वडा तहबाटै कमिटि विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको समेत उनले बताए । हरिनगरमा जसपाको संगठनलाई बलियो बनाउने अभियान अन्र्तगत वडा–वडामा कमिटि विस्तार गरी हरिनगरको पहिलो पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको मेहताको भनाई छ । त्यसैगरी जसपा हरिनगर–४ का अध्यक्ष देवनारायण मेहताले वडालाई मजबुत बनाउनका लागि जनचाहना अनुसार कमिटि बनाउन सुरु गरेको बताए ।
जसपामा आवद्ध भएका व्यक्तिहरुलाई पार्टी सम्वन्धी प्रशिक्षण दिई अगामी रणनीति तय गर्ने उनले बताए । साविकको सबै वडामा कमिटि विस्तार गरी भेला बोलाई पार्टीको ठोस नीति र योजना बनाई अगाडि बढ्ने मेहताले बताउँदै जसपामा आउने चाहने व्यक्तिहरुलाई स्वागत गरी पार्टीको जिम्मेवारी दिई काम गर्नका लागि अवसर प्रदान गर्ने समेत उनले बताए ।