इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका नगर उपप्रमुख जमुना गौतम पोखरेलको नेतृत्व टोलीले बजार अनुगमन गरेको छ । आउँदै गरेको महान चाड पर्व बिजया दशमीलाई मध्यनजर गर्दै इनरुवा बजार अनुगमन गरेको हो ।
इनरुवा नगरउपप्रमुख पोखरेलको नेतृत्व टोलीले इनरुवा बजार अनुगमन गर्दै म्याद गुज्रिएको समान बिक्री वितरण नगर्न अनुरोध गर्दै यस्तो पाइएमा कानुन अनुसार कार्वाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको छ ।
इनरुवा नगरपालिकाकी उपप्रमुख पोखरेलले चाडपर्वको समयमा म्याज गुज्रिएको समान विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिएको र चाडपर्वको समयमा बढी मुल्य लिने गरेकोलाई मध्यनजर गर्दै पहिलो चरणको अनुगमन गरिएको बताईन् । बजार अनुगमनलाई निरन्तरता दिदै जाने समेत उनले बताईन् । यसअघि पनि इनरुवा नगर उपप्रमुख पोखरेलको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।
अनुगमन टोलिमा उद्योग वाणिज्य संघ, उपभोक्त मञ्च , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरु लगायतकाले खाद्यान्न (किराना) पसलले पालना गर्नु पर्ने नियम, विशेष गरि म्याद गुज्रिएको तथा मुल्य वृद्धि लाई न्युनिकरण गर्ने उद्देश्यले पहिलो चरणको अनुगमन सोमवार गरिएको थियो ।