हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा कलश यात्रा कार्यक्रम सम्पन्न भएको छ । वडा दशैंको पहिलो दिन अर्थात घटस्थापनको अवसरमा कलश यात्रा कार्यक्रम सम्पन्न भएको हो ।
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत र दुर्गा मेला समिति हरिनगरको नेतृत्वमा कलश यात्रा कार्यक्रमको आयोजना गरिएको हो । हरिनगरका महिला तथा कुमारी कन्याहरुले बुढी खोलामा जल भरी हरिनगर–४ स्थित रहेको दुर्गा मन्दिरमा जल अर्पण गरेका थिए ।
प्रत्येक वर्ष धुमधामका साथ दशै पर्व मनाउँदै आएको हरिनगरमा यस वर्षमा पनि वडा दशैंको पहिलो दिन कलश यात्रा गरेर पर्व सुरु गरिएको छ । महिला तथा कुमारी कन्याहरुले बुढी खोलामा जल भरी पैदल यात्राबाट दुर्गा मन्दिरमा जल अर्पण गरेको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताईन् ।
हिुन्दु धर्मावलम्वीहरुको महान चाडपर्व विजया दशमीको अवसरमा बिहिवार बाँजागाजा सहित धर्मावलम्वीहरुले नाचनाग गर्दै पैदल यात्रामा दुर्गा मन्दिरमा चल चढाएर पुजापाठ गरिएको थियो ।
कलश यात्रामा सहभागि भएका भक्तजनहरुले बुढी खोलाबाट जल ल्याएर दुर्गा मन्दिरमा चढाएर पुजाको शुभारम्भ भएको मन्दिर समितिले जनाएको छ ।