इनरुवा । नेपाल तरुण दल क्षेत्रिय कार्यसमिति सुनसरी क्षेत्र नम्बर–४ सुनसरीले भोक्राहा नरसिंह गाउँपालिकामा दुई सय ५५ घरपरिवारलाई राहत समाग्री वितरण गरिएको छ ।
केही दिन अघि अविरल वर्षाका कारण डुबानमा परेका भोक्राहा नरसिंह–४ का बाढी पीडितहरुको तथ्याङ्क संकलन गरी नेपाल तरुण दल क्षेत्रिय कार्यसमिति सुनसरी क्षेत्र नम्बर–४ ले दुई सय ५५ घरपरिवारलाई राहत समाग्री उपलब्ध गराएका हुन् । भिषण बाढीका कारण आएको बाढीबाट पीडित भएका सर्वसाधारणहरुलाई राहत समाग्री उपलब्ध गराएको हो ।
नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापति अफजल हुसैन, सचिव रमेश कटुवाल र कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंहका अध्यक्ष एहसान अन्सारी, समाजसेवी हैदर अलि, दिलिप उराँव, ब्रहमदेव उराँवको नेतृत्वमा राहत समाग्री उपलब्ध गराएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका–४ का दुई सय ५५ जनालाई जनही एक कार्टुन चाउचाउ र एक प्याकेट शुद्ध खानेपानी वितरण गरिएको नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर–४ ले जनाएको छ । राहत वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने समेत जनाइएको छ ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












