इनरुवा । सुरक्षित आप्रवासन परियोजना सामीको आयोजना हेल्भेटासको प्राविधिक सहयोगमा आप्रवासी श्रोत केन्द्रका कर्मचारीहरुलाई क्षमता विकास पुनर्ताजगी तीन दिने तालिम सुरु भएको छ ।सुनसरीको इटहरीमा सामीले तीन दिने क्षमता विकास पुनर्ताजगी तालिम मंगलवारबाट सुरु गरेको हो । नेपाल सरकार र स्विस सरकारकोबीचको सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत अगुवाई र स्थानीय सरकारको नेतृत्वमा संचालन रहेको परियोजनालाई हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तीन दिने तालिम मंगलवारबाट सुरु भएको हो ।
प्रदेश परियोजना संयोजक कोपिला दाहालको अध्यक्षता र श्रम रोजगार मन्त्रालयका प्रमुख अर्जुन कुमार चौधरीको प्रमुख आतिथ्यतामा तीन दिने तालिमको उद्घाटन गरेका थिए । वित्तिय साक्षरता तथा तालिक कार्यक्रम संयोजक सनत प्रसाद सापकोटाले तीन दिने तालिमको सहजीकरण गरिरहेका छन् ।
यसैगरी सुशासन क्षमता विकास अधिकृत भक्त कुमार राई, प्रदेश परियोजना संयोजक कोपिला दाहाल, सामी परियोजनाका कार्यक्रम अधिकृत उमा पौडेल, देव नारायण चौधरी र रामकुमार कर्णले समेत तीन दिने तालिममा सहजीकरण गरिरहेका छन् ।
तालिममा सामी परियोजनाका कर्मचारीहरुलाई दक्ष अनुभवी र क्षमतावान बनाएर कार्यक्षेत्रमा खटाउने आयोजक संस्थाको तयारी स्वरुप कर्मचारीहरुलाई क्षमता विकास तालिममा सहभागि गराइएको हो ।
यसअघि सो कर्मचारीहरुलाई क्षमता विकास सम्वन्धी तालिम दिइसकेकोले दोश्रो पटक पुनर्ताजगी तालिम दिन लागेकोले कार्यक्षेत्रमा काम गर्न सजिलो हुने उद्देश्यले तालिम सुरु गरिएको सामी परियोजनाका कार्यक्रम अधिकृत देवनारायण चौधरीले जनाएको छ ।
श्रम रोजगार मन्त्रालयका प्रमुख अर्जुन कुमार चौधरीले सामी परियोजनाले गर्दै आएको कार्यले सरकारको कामलाई सहयोग पुर्याएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले वैदेशिक रोजगारमा जाने युवाहरुले सिप,सुचना र आवश्यक कागजातहरुको बारेमा सत्य र तथ्य कुरा सुचना केन्द्रमा बुझेर जानुपर्ने बताए । सामी परियोजनाले वैदेशिक रोजगार जान चाहने युवाहरुलाई निःशुल्क सीपमुलम तालिम प्रदान गर्दै आएकोले सो तालिमबाट फाइदा उठाउन समेत आग्रह गरेका थिए । यस अघि एक चरणको तालिम सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।