Thursday, May 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा कांग्रेसको बहुमत आए मात्र विकास सम्भव : मेयर मेहता
93
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउन सकेमात्र इनरुवामा विकास सम्भव हुने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले बताएका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर–८ स्थित रहेको त्रिभुवन माध्यमिक विद्यालय÷क्याम्पस कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको उद्घाटन तथा पाठयपुस्तक वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इनरुवाका मेयर मेहताले इनरुवामा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउनुपर्ने बताएका हुन् ।

निर्वाचन आयोगले आउँदो चैत ५ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हुनाले सम्भवतः निर्वाचन भएको खण्डमा इनरुवा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन सकेमात्र इनरुवाको विकास सम्भव हुने उनले बताए ।

इनरुवा नगरपालिका–८ स्थित त्रिभुवन माध्यमिक विद्यालय अर्ता बंकुलवा सुनसरीलाई गत निर्वाचनको बेला घोषणा पत्रमा यस विद्यालयलाई प्राविधिक शिक्षा लागु गर्न प्रतिवद्धता गरेको बताउँदै यस विद्यालयमा परिस्थितीका कारण काम गर्न नसकिए पनि कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको अनुमति दिलाएर अध्ययन अध्यापन सुरु गर्न सफल भएको बताए ।

इनरुवा नगरपालिकाभित्र घोषणा पत्र अनुसार काम गर्न अठोट राखेपनि विविध कारणले केही कामहरु समयमा गर्न नसकिएकोले अगामी स्थानीय तहको निर्वाचनमा आफुलाई फेरी इनरुवाका मेयर पदमा जिताए प्रतिवद्धताहरु पुरा गर्न सकिने मेयर मेहताको कथन छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिएर काम गरेकोले आगामी निर्वाचनमा मेयर पदमा पुनः जिताए इनरुवामा विकासको लहर ल्याउने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

त्रिभुवन माध्यमिक विद्यालयका बालबालिकाहरुको उज्जवल भविष्य बनाउनका लागि अभिभावकहरुको भुमिका अपरिहार्य रहेको बताउँदै ग्रामिण क्षेत्रका विद्यालयमा अभिभावहरुले विद्यार्थीहरुलाई भर्ना गराएर शिक्षा प्रदान गराउने सोचलाई प्रशंसा समेत गरे ।

बालबालिकाहरुलाई शान्त वातावरणमा सहज हुने बताउँदै स्थानीय गाउँ ठाउँमा नै शिक्षा क्षेत्रको पहुँच भएकाले अवसरलाई नगुमाउन अभिभावक र बालबालिकाहरुलाई अनुरोध समेत गरेका थिए । त्रिभुवन माविका विद्यार्थीहरुलाई अनुशासनमा रहेर शिक्षा आर्जन गर्नुपर्नेमा जोड दिदै उनले विद्यालयमा सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी इनरुवा नगरपालिका–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलले त्रिभुवन माविलाई स्तरोन्नती गर्नका लागि इनरुवाका मेयर मेहता र आफुले पारिश्रमिक रमकबाट ३ कठ्ठा जग्गा किनेर विद्यालयको भौतिक संरचना बनाउन सहयोग गरेको बताए । इनरुवा–८ का बालबालिकाहरुलाई बाहिर अध्ययन गर्न समस्या भएकोलाई मध्यनजर गर्दै बालबालिकाको भविष्यलाई उज्जवल बनाउनका लागि अहिले कक्षा ११ को व्यवस्थापन तथा शिक्षा संकायको पढाई सुरुवात गर्न सहयोग गरेको वडाध्यक्ष मण्डलको भनाई छ ।

बालबालिकाहरुलाई कक्षा १० उर्तिण गरेपछि बाहिर त्रिभुवन माविमा नै कक्षा ११ र १२ मा अध्ययन गर्न सहज हुने उनले बताउँदै आगामी दिनमा यस विद्यालयमा स्नातक तहसम्म लैजाने सोच लिएर आगाडी बढ्ने बताए । त्रिभुवन माविका प्रधानाध्यक जागेश्वर साहले यस विद्यालयमा अथक प्रयासपछि कक्षा ११ संचालन भएको बताए । कक्षा ११ को व्यवस्थापन र शिक्षा संकायमा जम्मा ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेको समेत उनले बताए ।

आगामी दिनमा सबैको सहयोग पाए स्नातक तहसम्म पुगाउने भएकाले यस क्षेत्रको बालबालिकाहरुलाई अन्यत्र जाने झन्झट हटेर जाने प्रअ साहको भनाई छ । कक्षा ११ व्यवस्थापन तथा शिक्षा संकायका विद्यार्थीहरुलाई पाठयपुस्तक समेत वितरण गरिएको थियो । इनरुवा नगरप्रमुख राजन मेहता, प्रमुख प्रशासकीय डिल्लीराज निरौला, प्रअ जागेश्वर साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम मण्डल, चित्रबहादुर केसी लगायतकाले पाठयपुस्तक वितरण गरेका थिए ।

 

Share37Tweet23SendScan
Previous Post

इनरुवामा वैश्य सम्मेलन हुने

Next Post

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

कांग्रेसको अधिवेशनले स्थानीय तहको निर्वाचनमा सहयोग मिल्छ : अंसारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In