इनरुवा । नेपाल तरुण दल इनरुवा नगर कार्यसमिति सुनसरीले राहत समाग्री वितरण गरेको छ । केही दिन अघि अविरल वर्षाका कारण आएको बाढीले सर्वसाधारणहरुको घर डुबानमा परेपछि नेपाल तरुण दल इनरुवा नगर कार्यसमिति सुनसरीले राहत समाग्री वितरण गरेको हो ।
सुनसरी खोलामा आएको बाढीले इनरुवा–४ को खिक्रीपट्टी टोलमा ३५ जनालाई राहत समाग्री वितरण गरेको नेपाल तरुण दल इनरुवाका सत्य नारायण यादवले जानकारी दिए ।
इनरुवा–४ का बाढी पीडितहरुलाई सहयोग रुवरुप तरुण दल इनरुवाले राहत समाग्री उपलब्ध गराएको हो । सो टोलका ३५ घरपरिवारलाई जनही पिठो, भुजा, चिउरा, भुजिया, चिनी र नुन लगायतको समाग्री वितरण गरेको हो ।
यसअघि नेपाल तरुण दल इनरुवाले पहिलो चरणमा समेत राहत समाग्री वितरण गरेको थियो ।