इनरुवा । नेपाल वैश्य युवा संघ प्रदेश नम्बर–१ कार्यसमितिको आयोजनामा शनिवार बृहत गोष्ठि तथा शुभदिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल वैश्य युवा संघको आयोजनामा इनरुवाको सत्यनारायण मन्दिरमा शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रमका वक्ताहरुले वैश्य समुदायहरुलाई कार्तिक महिनामा हुन लागेको जनगणनामा जातिको पछाडीमा वैश्य लेखाउन वक्ताहरुले जोड दिएका थिए । वैश्य समुदायमा ३६ वटा जातिहरुलाई एउटै कलष्टरमा राख्नुपर्ने वक्ताहरुले जोड दिएका थिए ।
नेपाल वैश्य युवा संघले ब्राह्मण,क्षेत्री लगायतका जातहरुलाई जनगणनामा समावेश गरिएकोले वैश्य समुदायलाई पनि एउटै कलष्टरमा समावेश गरी जनगणना गर्नुपर्नेमा उनीहरुले माग समेत गरेका छन् । राष्ट्रिय पहिचान, जातिय स्वाभिमान, वैश्य वर्गको समग्र विकास र आत्मसम्मान रक्षाको लागि वैश्य जाति एकजुट होऔं भन्ने मुल नाराका शुभकाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय जनगणना २०६८ मा नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले १ सय २५ जाती र १ सय २३ भाषा सुचिकृत गरिएकोले नेपालमा वैश्य समुदायको ३६ वटा जाति भएपनि राज्यको रेकर्डमा १३ वटा जातिमात्र उल्लेख भएकोले यस महिनामा सुरु हुन लागेको जनगणनामा एउटै कलष्टरमा राखी सुचिकृत गर्न वक्ताहरुले सरकारसँग माग गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापति एवं संसदीय दलका नेता राजीव कोइराला, दिलीप चन साहु, त्रिलोकनाथ गुप्ता, बिरेन्द्र साह, लगायतका सहभागिता रहेका थिए ।