हरिनगर । हरिनगर गाउँपालिका–४ का वडाध्यक्ष सुदीलाल मेहताले नेपाली कांग्रेसको भेटघाट कार्यक्रमलाई विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ ।
सुनसरी क्षेत्र नम्बर–४ का संघीय सांसद तथा सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीको भेटघाट कार्यक्रमलाई उनले विथोल्ने प्रयास गरेका हुन् ।
कार्की सुनसरी क्षेत्र नम्बर–४ का जनताको समस्या र गुनासो सुन्नका लागि भेटघाट कार्यक्रममा सहभागी हुन हरिनगर–४ आएको बेला वडाध्यक्ष मेहताले आफनो कुनै तर्क नराखी मन्त्री कार्कीलाई बदनाम गर्ने उद्देश्यले होहल्ला गर्दै कार्यक्रमलाई विथोल्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गुनासो सुन्नका लागि मन्त्री कार्कीले आफनो क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा हरिनगर–४ का वडाध्यक्ष मेहताले आफनो कुनै सल्लाह सुझाव नदिई कार्यक्रमलाई विथोल्ने प्रयास गरेको कांग्रेसका एक नेताले बताए ।
वडाध्यक्ष मेहताले मन्त्री कार्कीको कार्यक्रमलाई योजनावद्ध तरिकाले भाडन खोजेको नेपाली कांग्रेसका नेताहरु बताउँछन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हरिनगर–४ बाट क्षेत्र प्रतिनिधि सर्वसहमतबाट चयन भएका थिए । वडा अधिवेशनबाटै वडाध्यक्ष मेहताले भाडभैलो गर्न खोजेको एक नेताले आरोप लगाएका छन् ।
हरिनगरका सबै वडा र गाउँपालिकामा सर्वसहमति गर्न सफल भएपनि वडाध्यक्ष लगायतका नेताहरुको रवैया कारण कार्यक्रमहरु सफल हुन सकेको छैन् । वडाध्यक्ष मेहता कोइराला निकटका व्यक्ति हुन् । सुनसरी क्षेत्र नम्बर–४ को हरिनगरमा वडा सभापति सहित गाउँपालिका सभापति लगायतका पदाधिकारीहरु कोइराला निकट भएका कारण देउवा निकटका व्यक्तिहरुलाई बदनाम गर्न खोजेको कांग्रेसी नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले वडाध्यक्ष मेहतालाई सम्झाउन खोज्दा वडाध्यक्ष मेहता लगायतका स्थानीय नेताहरुले होहल्ला गरेका थिए । हरिनगरमा मन्त्री कार्कीले जनताको समस्या र गुनासो बुझन आउँदा उनीहरुले झैझगडा गर्ने मनस्थितीले मन्त्री समक्ष गुनासो नराखी सुनियोजित तरिकाले नानाथरीका विवादस्पद कुरा गरेर कार्यक्रमलाई विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ ।
नेपाली कांग्रेसको जिम्मेवार व्यक्तिको यस्तो हर्कतले पार्टीको हितमा राम्रो नभएको समेत उनले टिप्पणी गरे । कसैको मान मर्यादा र इज्जत माथि खेलवाड गर्न खोज्ने माथि चुपचाप लागेर नबस्ने उनको कथन छ । पार्टीका केन्द्रीय नेताहरु क्षेत्रमा आउँदा योजनावद्ध बनाएर बदनाम गर्न खोज्ने गिरोहलाई समाप्त पार्नुपर्ने उनको भनाई छ ।
यता हरिनगर ४ का वडाध्यक्ष मेहताले पार्टी कार्यालयमा ताला लगाएर आफुहरुलाई साचो नदिएकोले असन्तुष्टी व्यक्त गरेका थिए ।
मेहताले मन्त्री कार्कीले यस क्षेत्रका जनताको गुनासो र समस्यालाई बुझ्न नआएको र मन्त्री भएपछि आफु समर्थकहरुलाई बोकेर हिड्ने गरेकोले हरिनगरका सबै नेता तथा कार्यकर्ताहरु उहाँमाझ असन्तुष्टी व्यक्त गरेको बताए ।