देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिकामा शुभ दिपावली तथा लक्ष्मि पुजाको अवसरमा कलश यात्रा सम्पन्न भएको छ । देवानगञ्ज गाउँपालिका वार्ड न.–२ स्थित श्री श्री १०८ श्री जय माँकाली मन्दिरमा सोमबार कलश यात्रा सम्पन्न भएको हो । कलश यात्राका अध्यक्ष दया भगतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताले रिवन काटेर कलश यात्रा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कलश यात्रामा ५ सय ५१ जना अविवाहित कन्याहरुद्वार मन्दिर परिषरबाट नजिकै रहेको बुढी खोलाबाट जल भरेर ल्याइ ५ किलो मिटर पैदल यात्रा गरिए मन्दिरमा जल अर्पण गरिएको मन्दिर अध्यक्ष सन्तोष भगतले जानकारी दिए ।
मन्दिर अध्यक्ष भगतका अनुसार शुभ दिपावली तथा लक्ष्मि पुजाको अवसरमा कलश यात्रा प्रत्येक बर्ष झै यस वर्षपनि कलश यात्रा निकालिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुडागाई , उपाध्यक्ष पुनिता देवि यादव ,पालिकाका नेपाली काङ्ग्रेस सभापति जगधर यादव, आयुर्वेद शाखाका प्रमुख जिवच्छ पजियार , वडा न.– १का वडा अध्यक्ष सुर्य नारायण पाल, वडा न. २ का वडा अध्यक्ष मजलुम मियाँ, सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक रामचरण यादव र नाशा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख अरबिन्द मेहता लगायत कलश यात्रामा १५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।