देवानगन्ज । सुनसरीको दक्षिणवर्ती गाउँपालिका देवानगन्जबाट जे.ए. मिडिया हाउस प्रा.लि.द्वारा ‘जनता अभियान’ नामक अनलाइन सेवा मंगलबारबाट शुभारम्भ गरिएको छ ।
देवानगन्ज गाउँपालिकामा केन्द्रीय कार्यालय रहने गरे मंगलबारबाट जनता अभियान अनलाइनको विधिवत उद्घाटन गरी सेवा शुभारम्भ गरिएको हो । अनलाइनको सम्पादकमा सन्तोष कुमार मेहता रहेका छन् भने संचालक विनोद मेहता, सहसम्पादक दिपक कुमार मेहता र न्यूज डेस्कमा अर्चना शर्मा रहेका छन ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले सो अनलाइनको उद्घाटन गरेका थिए । सो उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रादेशीक संचार प्रतिष्ठानका अध्यक्ष यज्ञ शर्मा, देवानगन्ज गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक यादव, देवानगन्ज नेकपा अध्यक्ष भिमनन्दन शर्मा, अरविन्द मेहता, नेकपाका युवा नेता देवानन्द मेहता, रविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












