Friday, August 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकमा विभेद अन्त्य नभएसम्म विकास असम्भव ः यादव

कोशी टप्पु क्षेत्रभित्र चौपाया मार्नु गलत कार्य हो छानविन गरी किसानलाई मुआब्जा उपलब्ध गराउनुपर्ने माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुलुकमा विभेद अन्त्य नभएसम्म विकास असम्भव ः यादव
38
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विभेद अन्त्य नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आयोजित शुभकामना आदान प्रदान तथा बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यसो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जसपाका अध्यक्ष यादवले मुलुकमा विभेद कायमै रहेकोले विकास हुन नसकेको बताए । बिभिन्न आन्दोलन पश्चात् आएको संघीयताले मुलुकमा केही परिवर्तन आएपनि विभेदका कारण विकास ओझेलमा परेको उनले बताए ।
मुलुकमा शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्याका लागि संघर्ष जारी रहेको उनले बताउँदै शान्ति,समृद्धि र विकासको गतिमा तिव्र रुपले अगाडी बढेको उनले बताए ।

जनता समाजवादी पार्टी भेदभावको अन्त्यका लागि र अधिकार प्राप्तिको लडाईमा अघि बढेको र आर्थिक विकास तथा समृद्धिका लागि लडिरहेको उनले बताए ।

देशको मुलअधार कृषि क्षेत्र हो, उनले भने,‘विकासको ठुलो अधार नै किसान हो । त्यसैले कृषिक्षेत्रलाई आधुनीकीकरण नभएसम्म शिक्षा, स्वास्थ्य र बेरोजगार समस्या यथावत रहनेछ । नयाँ परिर्वतनकारीसँगै नयाँ भूमि व्यवस्था ल्याएर कृषि क्षेत्रलाई आधुनीकीकरण गरी कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने छ ।

मुलुकको गरिबी र बेरोजगारी समस्या अन्त्य गर्नका लागि कृषि क्षेत्रलाई आधुनीकीकरण गर्न आवश्यक रहेकोले सरकार यसतर्फ लागिरहेको उनको भनाई छ ।

केही दिन आएको बाढीबाट सबैभन्दा बढी किसानको क्षति भएकोले किसानहरुलाई सरकारले राहतको प्याकेज उपलब्ध गराउने प्रतिवद्धता समेत उनले व्यक्त गरे । सरकारले किसानहरुको राहत प्याकेजका लागि साढे पाँच अर्व रुपैयाको बजेट विनियोजन गरेकोले केही दिनमा किसानहरुलाई बिउविजन उपलब्ध गराउनेतर्फ लागि परेकोले नआतिन सर्वसाधारणहरुलाई अनुरोध समेत उनले गरेका थिए । किसानको वास्तविक क्षतिको विवरण र तथ्य सत्य तथ्याङ्क संकलन गरेर सरकारले राहतको उपलब्ध गराउने उनको भनाई छ ।

मुलुक आर्थिक विकास र समृद्धिको तर्फ लम्किरहेको हुनाले कृषि,उधोग, सडक, संचार, जलश्रोत, पर्यटन विकासलाई सही ढङ्गबाट अगाडी बढाए संसारकै समृद्ध मुलुक बन्ने ठोकुवा समेत उनले गरे ।

फरक प्रसंगमा जसपाका अध्यक्ष यादवले केही दिनअघि कोशी टप्पु वन्य जन्तु आरक्षभित्र पशु चौपायालाई गोली हानि हत्या गरेकोले छानविन गरी दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । कोशी टप्पु क्षेत्रभित्र निषेधित क्षेत्रमा चौपायाहरु पशुचरणका लागि रोक लगाएको कुरा चौपायाहरु नबुझने भएकाले गोली हानी हत्या गर्नु सरासर गलत कार्य भएको उनले टिप्पणी समेत गरे । निषेधित क्षेत्रमा पशु चौपाया गएको बेला गोली हान्नुको साट्टो पशुलाई जफत गरी राख्नुपर्ने उनको तर्क थियो । पशु चौपायालाई गोली हानी हत्या गर्ने कसैको नैतिक अधिकार नभएको समेत उनले स्पष्ट पारे ।

कोशी टप्पु वन्य जन्तु आरक्षभित्र पशुहरुलाई गोली हानेर मारेकोले किसानहरुलाई क्षति पुगेकोले छानविन गरी मुआब्जा दिनुपर्नेमा उनले जोड दिएका थिए । जनता समाजवादी पार्टी भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य निर्वाचन क्षेत्र नम्बर ४ ख का समन्वय समितिका संयोजक रामलोचन मेहताले व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि पार्टीका केन्द्रीय कार्यकारीणी समति सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्यहरु शिवबहादुर बस्नेत, हरिगोविन्द यादव, डाक्टर खालिद हुसैन हक, दिपक मेनाङ्गबो, केन्द्रीय सल्लहकार भुवनेश्वर यादव, प्रदेश उपाध्यक्ष सबिता यादव, प्रदेश सदस्यहरु मनोज यादव, सुवालाल मेहता, राकेश मेहता, कृष्ण लिम्बुको सहभागि रहेको थियो ।
त्यसैगरी जिल्ला अध्यक्ष भगिरथ खत्वे, मधेश राष्ट्रिय समिति सदस्यहरु श्यामनारायण खेरवार र सुर्यनारायण यादव, जिल्ला उपध्याक्षहरु

गुरुदेव यादव, रघुनाथ मेहता, रविन राई , जिल्ला सचिव प्रदीप कार्की, जिल्ल सहसचिव अभिनन्द यादव ,कोशी गापा अध्यक्ष भुपेन्द्र खेरवार, देवानंगजका अध्यक्ष बेचन मेहता, समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष शिवराम यादव, केन्द्रीय सदस्य अशोक यादव, समाजवादी महिला संघकी प्रदेश उपाध्यक्ष राजकुमारी यादव, पार्टीका नेता दिलिप चन साहु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Tags: उपेन्द्र यादवजनता समाजवादी पार्टी नेपालविकास असम्भव
Share15Tweet10SendScan
Previous Post

‘जनता अभियान’ अनलाइन शुभारम्भ

Next Post

नक्कली कांग्रेसदेखि सावधान हौं :सचिव भण्डारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
नक्कली कांग्रेसदेखि सावधान हौं :सचिव भण्डारी

नक्कली कांग्रेसदेखि सावधान हौं :सचिव भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २८, २०८३
Thu, August 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In