नेपाली कांग्रेस सुनसरी सचिव केदार भण्डारीले नक्कली कांग्रेसदेखि सावधान हुन आग्रह गरेका छन् । १४ अौं महाधिवेशन अन्तर्गत जिल्ला सभापतिको आकाक्षीं रहेका बर्तमान सचिब भण्डारीले सक्कली कांग्रेस निष्टावान , आदर्श हुने तर नक्कली कांग्रेस लोभिपापी हुने भएकाले सजक भएर नेतृत्व चयन गर्न कार्यक्रर्ताहरुलाई आग्रह समेत गरे ।
भरौलीको राजधामि चोकमा नेपाली नेपाली वराहक्षेत्र वडा नं ३ कार्य समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै भण्डारीले योग्य, सक्षम नेतृत्व चयन गर्नु पर्ने समेत बताए ।उनले भन्ने ूकार्यक्रर्ताको काम गर्ने मान्छेलाई बिजय गराउनुन , अधिवेशनमा फुत्त आउने नेताहरुलाई बिस्तापित गर्नु पर्छ ू
मङलवार आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय सासद मिना सुब्बाले आगमि निर्बाचनमा तिनै तहको निर्वाचनमा कांग्रेसले जित्ने बताईन् । यसकालागि कार्यक्रर्ता, नेताहरु कुनै गुट, उपगुट नभनि कांग्रेसको संगठन गर्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा जिल्ला सचिब सुजेन्द्र तामाङ्ग , सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख सभापति मुरारी भट्टराई , सचिब रमेश काफ्ले , जिल्ला सदस्य दिपेशजंग बस्नेत , राजदिप लामा , नेपाली कांग्रेस वराहक्षेत्र निर्वतमान सभापति नारायण नेपाल, निर्बतमान सह( सभापति जगद कार्की, नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिका उप( सभापति जितबहादुर कार्की, नेपाली कांग्रेस वराहक्षेत्र नगर सचिब हरिकृष्ण भट्टराई , महिला नेतृ पुजा धामी , कांग्रेस नेता अजय राई , नेपाली कांग्रेस वराहक्षेत्र १ सभापति ईशवर थापा लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
वडा दशै, तिपावली , छठ, नेपाल सम्बत , अौधोली लगाए पर्बलाई मध्यनजर गर्दै नेपाली कांग्रेस गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रमलाई वडा नं ३ समितिले निरन्तरता दिएको सभापती पनुलाल धामीले बताए ।सभापति धामिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत् भाषण वडा उप( सभापति मेघधन राईले गरेका थिए ।