विराटनगर । प्रदेश १ को सत्तारुढ पाँच दलीय गठबन्धनले काँग्रेस संसदीय दलका नेता राजीव कोइराला नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ ।
सोमबार विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै दलका नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाएको हो ।
काँग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ । न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन् ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संसद्बाट आज विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन उनकै आह्वानमा सत्ता घटक दलहरुको बैठक आयोजना भएको थियो ।