बराहक्षेत्र । सुनसरी निर्वाचनको क्षेत्र नं १ र सुनसरी निर्वाचन क्षेत्र नं ४ मा बिभाजित वराहक्षेत्र नगरपालिकाबाट ८ जना महिलाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको आँकाक्षी रहेकी छिन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मङ्सिर ६ गते हुने संघिय क्षेत्रिय अधिवेशनकालागि उनिहरु महाधिवेशन प्रतिनिधिका चुनावी अभियानमा छन् ।
संस्थापन र इतर दुबै पक्षमा खुलेरै प्यानलका साथ नेतृहरु मत माग्न व्यस्त देखिन्छन् । वराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा सुनसरी क्षेत्र नं १ मा पर्छ । भन्ने ६ देखि ११ नम्बर वडा सुनसरी क्षेत्र नं ४ मा पर्छ । १ नम्बर क्षेत्रमा वराहक्षेत्र २ जना महिलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आँकाक्षी रहेकी छिन भने वराहक्षेत्र–२ चतराकी ममता तामाङ मगर र वराहक्षेत्र–३ भरौलकी पुजा धामिले महाधिवेशन प्रतिनिधिकालागि उम्मेदवार घोषणा गरेका छन् ।
मगर नेपाली कांग्रेस सुनसरीकी पुर्ब जिल्ला सदस्य एवं हाल नेपाली कांग्रेस महिला बिभागको केन्द्रीय सदस्य रहेकी छिन् । त्यस्तै धामि नेपाल महिला संघ क्षेत्र नं–१ सदस्य एवं नेपाली कांग्रेसबाट वराहक्षेत्र नगरपालिकाकी उप–प्रमुखको उम्मेदवार हुन् । मगर संस्थापन (देउवा) प्यानलबाट महाधिवेशन प्रतिनिधिको लागि दौडमा छिन भने धामी हाल संस्थापन ईतरबाट उम्मेदवार बनेकी छिन ।
त्यस्तै सुनसरी क्षेत्र नं–४ बाट वराहक्षेत्र–६ जनाले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार घोषणा गरेका छन् । हालको संस्थापन पक्षमा ४ जना छन् भने ईतर अर्थात जमिल अख्तर आजादको टिमबाट २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । देउवा अर्थात ऐयुब अन्सारीको टिमवाट नेपाल महिला संघकी केन्द्रीय सदस्य अनु गुरुङ्ग आदिवासि महिला कोटावाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छिन् ।
गुरुङ्ग हाल महासमिति सदस्य हुन् । २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक टिकट समेत पाएकी थिईन् । अनुसंगै वराहक्षेत्र–६ कै कल्पना कार्कीले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिकालागि उम्मेदवारी घोषणा गरेकी छिन् । तत्कालीन नेपाली महिला संघ सुनसरी क्षेत्र नं–६ कि सभापति शालिन महिला नेतृको रुपमा छवि समेत बनाएकी कार्कीले भने संस्थापन ईतरबाट उम्मेदवार बनेकी छिन् ।
त्यस्तै जिल्ला सदस्य मुना अधिकारीले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी छिन् । वराहक्षेत्र–७ कि अधिकारीले संस्थापन पक्षबाट उम्मेदवार बनेकी छिन् भने १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित शुशिला खनाल पौडेलले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार घोषणा गरेकी छिन् ।
भाषण कलाका कारण माहोल तताउन र आकर्षित गर्न सक्ने क्षमताका कारण चर्चासंगै सवैको नजरमा परेकी पौडेलले पनि संस्थापन पक्षवाटै महाधिवेशनको दौडमा छिन् । त्यस्तै वडा नं ८ वाट नै शिवावति धामिले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार घोषणा गरेकी छिन् ।
तत्कालीन नेपाल महिला संघ महेन्द्रनगरकी सभापति एव स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेकी धामीले संस्थापन ईतर पक्षबाट उमेदवार बनेकी छिन् । त्यस्तै वराहक्षेत्र–१० की राधिका कटुवाल पनि महाधिवेशन प्रतिनिधिको दौडमा छिन् । हाल महिला बिभागको केन्द्रीय सदस्य रहेकी कटुवाल संस्थापन पक्षवाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार छिन् ।