बराहक्षेत्र । वराहक्षेत्र–६ चक्रघट्टि स्थित मोहिनि स्टोरको गोदाममा कार्तिक पहिलो हप्तामा तीन दिन परेको अबिरल वर्षाका कारण पानी गोदाममा पस्दा भण्डारण गरेर राखेको २१ लाख बराबरको अन्नहरु पुर्णरुपले नष्ट भएको छ ।
गत कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षाका स्टोरका चारवटै गोदाममा पानी पसेको हुदाँ २१ लाख बराबरको क्षति भएको हो ।
स्टोरले किसान र व्यपारीहरुसंग खरिद गरेर गोदाममा भण्डारण गरेको मकै, धान, गहु र तोरीमा पानी बसेपछि पुर्ण रुपमा नष्ट भएको मोहिनि स्टोरका प्रोपाइटर महेश पंचरियाले बताए ।
प्रोपाइटर महेश पंचरियाका अनुसार कार्तिक पहिलो हप्ताभरी नै पानी परेको र स्टोरमा पसेको पानी निकाल्नै ५–६ दिन लागेको थियो । पानिले भिझाएको अन्न सुकाउदा समेत काम नलाग्ने गरि नष्ट हुन पुगेको पंचरियाले बताए ।
उनका अनुसार स्टोरमा राखेको ४२ हजार किलो मकै नष्ट भएको छ । भिजेको मकै दुर्गन्धित भएर नराम्रो असर देखाउन थालेपछि मकैलाई कोशीमा लगेर फ्याँक्नु पर्यो । मकैसंगै धान, गहु र तोरी गरेर स्टोरमा राखेको करिव २१ लाख वरावरको अन्न पुर्ण रुपमा नष्ट भएको छ ।
भिजेको मकै दुर्गन्धित भएर नराम्रो असर र स्थानिय बिरामि हुन थालेपछि जनप्रतिनिधिको रोहवरमा मकैलाई कोशीमा फलिएको थियो । मकैसंगै गोदाममा राखेको चामल, धान, गहु र तोरी समेत पुर्ण रुपमा प्रयोग हुन नसक्ने गरि नष्ट भएको छ ।