इनरुवा । संचारमन्त्री एवं सुनसरी क्षेत्र नम्बर–४ का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोक्राहा नरसिंह–१ का साकिर आलमलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका कार्कीले उच्च शिक्षा आर्जन गर्नका लागि नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग आलमलाई गरेका हुन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनमा भोक्राहा नरसिंह–१ का आलमलाई संचारमन्त्री कार्कीले नगर ५० रुपैयाँ हस्तान्तरण गरेका हुन् । संसद विघटन भएको बेला सुनसरी आएका कार्कीले उनलाई ५० हजार रुपैयाँ सहयोग गर्ने वाचा गरे अनुरुप मंगलवार सो कार्यक्रममा आर्थिक सहयोग गरेका हुन् ।
आलम दृष्टिविहिन भएकाले संचारमन्त्रीले उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग गर्ने वाचालाई पुरा गर्दै सुनसरी क्षेत्र नम्बर–४ का जनताको मन जित्दै आएका लोकप्रिय नेताको रुपमा चिनिएको छ ।
आलमले पाएको ५० हजार रुपैयाँलाई सदुपयोग गर्ने र उच्च शिक्षा हासिल गर्नमा सहज भएकोले संचारमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् । संचारमन्त्रीले गरेको वाचा ढिलो भएपनि पुरा गरेकोले खुशी भएको आलमले बताए ।