इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न भएको जिल्ला स्तरको आन्तरिक चुनावमा आप्mनो बुबा स्व. अम्बर बहादुर श्रेष्ठको काममा बसेकै अवस्थामा छोरा लक्ष्मण श्रेष्ठले आफ्नो मत खसाएका छन् ।
श्रेष्ठ नेपाली कांग्रेस वडा नं. ५ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए ।
उनका बुबा अम्बर श्रेष्ठको केही दिन अगाडि देहावसान भएको थियो ।
आप्mनो अमूल्य मत जाहेर गर्न श्रेष्ठ इनरुवाको जेलफिल्डमा उपस्थित भएर मतदान गरेका हुन् ।
आफ्नो पार्टीप्रतिको अगाध माया र विश्वास, अनि आफ्नो एक मतका कारण पार्टीको हितमा काम गर्न सक्ने व्यक्तिले हार बेहोर्नु नपरोस् भन्ने चाहनाले आपूm जेलफिल्डसम्म आएर भोट खसालेको उनले बताए । श्रेष्ठको पार्टीप्रतिको यो अतुलनीय योगदानलाई हार्दिक नमन् ।