इनरुवा । गत कार्तिक महिनाको २ गते आएको अविरल वर्षाका कारण डुबान भएका बाढी प्रभावितहरुलाई खाधन्न समाग्री वितरण गरेको छ । गत महिना आएको बाढीले इनरुवा नगरपालिका–४ को खिक्री पट्टी टोल र इनरुवा नगरपालिका–८ को गहिरो टोलको मुस्लिम, दलित तथा अति विपन्न परिवारलाई खाधन्न समाग्री वितरण गरेको हो । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल र उत्थानशिल खानेपानी सरसफाई स्वच्छता तथा आपतकालिन पूर्वतयारी कार्यक्रम अन्र्तगत बाढी पीडितहरुलाई खाधन्न समाग्री वितरण गरिएको छ । इनरुवा–४ खिक्री पट्टी टोल र इनरुवा–८ को गहिरो टोलका ९८ घरपरिवारलाई कोभिड–१९ नियन्त्रण समाग्री सहित खाधन्न समाग्री वितरण गरिएको हो ।प्राकृतिक प्रकोप राहत वितरण कार्यक्रम अन्र्तगत युकेडको सहयोगमा ९८ घरपरिवारलाई जनही सरसफाई समाग्री अन्र्तगत पेस्ट, ब्रस, साबुन, सेम्पु, मास्क, सेनिटाईजर, पानी फिल्डर, बेवी किड, बाल्टिन, मग, झुल र खाधन्न समाग्री अन्र्तगत २ बोरा चामल, दाल, तेल, नुन, चिनी, चियापती वितरण गरिएको छ । त्यसैगरी ९८ घरपरिवारलाई जनही सिरक, डस्ना लगायतको समाग्री वितरण गरेको इनरुवा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलले बताएका छन् ।गत महिना आएको बाढीले गर्दा इनरुवा–४ र वडा नम्बर–८ का मुस्लिम, दलित र अति विपन्न परिवारलाई आफुहरुको अथक प्रयासपछि राहत समाग्री उपलब्ध गराएको वडाध्यक्ष मण्डलले बताएका हुन् । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र आफनो अथक प्रयासपछि इनरुवाका दुई वडाका बाढीपीडितहरुको नाम संकलन गरेर एक कार्यक्रमका बीच उनीहरुलाई खाधन्न समाग्री सहित कोभिड–१९ नियन्त्रणका समाग्री हस्तानन्तरण गरेको वडाध्यक्ष मण्डलको कथन छ ।
बाढी आएको एक महिना भन्दा बढी भएकोले उनीहरुलाई चाँडोयामको मौसममा बस्न अप्ठयारो परेको हुँदा गैरसरकारी संस्थाको समन्वयमा ९८ घरपरिवारहरुलाई चाडोको समाग्री सहित कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका समाग्रीहरु वितरण गरिएको उनको भनाई छ । इनरुवा–४ र इनरुवा–८ का ९८ घरपरिवारहरुलाई खाधन्न समाग्री र स्वास्थ्य सुरक्षा समाग्री एक जना वापत १२ हजार ९६ रुपैयाँ बराबरको खाधन्न समाग्री र स्वास्थ्य सुरक्षाका समाग्री वितरण गरिएको वडाध्यक्ष मण्डलले बताउँदै बाढी पीडित परिवारका ९८ घरपरिवारलाई ११ लाख ८५ हजार ४५१ रुपैयाँ बराबरको समाग्री हस्तान्तरण गरको बताए ।
आफु वडाध्यक्ष भएको साँढे चार वर्षभन्दा बढी भएपनि सदैव जनताको पीर मर्कामा बुझेर समस्या समाधान गर्नतर्फ लागेको इनरुवा–८ का वडाध्यक्ष मण्डलले बताए । वडाध्यक्ष मण्डलले भने,‘बाढीपीडितहरुको समस्या मात्र हैन समग्र वडाबासीको समस्याप्रति चनाखो भई काम गर्दै आएको छु ।’ इनरुवा–८ का जनताको लागि विकासदेखी समस्यासम्म आफुले समयमै समाधान गर्नेतर्फ अग्रसर भएको छु । त्यसैले बाढीपीडितको समस्यालाई मध्यनजर गर्दै खाधन्न समाग्री सहित स्वास्थ्य सुरक्षाका समाग्री ९८ घरपरिवारलाई वितरण गर्दा उनीहरु खुशी भएका छन् ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपाल र युकेडको सहयोगमा प्राकृतिक प्रकोप राहत वितरण कार्यक्रम गरेकोले सहयोगी हातहरुलाई इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता र इनरुवा–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलले धन्यवाद व्यक्त गरेका छन् ।