इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाभित्र रहेको सामुदायिक विधालयहरुको अनुगमन गरिएको छ । हरिनगर गाउँपालिका भित्र रहेका सामुदायिक विधालयहरुको अर्धवार्षिक परीक्षा संचालन भएको बिहिवार पाँचौ दिन हरिनगर गाउँपालिकाले अनुगमन गरिएको हो ।
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत नेतृत्व टोलीले हरिनगर गाउँपालिकाभित्र संचालन रहेको अर्धवार्षिक परीक्षाको अनुगमन गरेको हो । पालिकाभित्र संचालन भइरहेको परीक्षा मर्यादित र व्यवस्थित भएको पालिकाकी उपाध्यक्ष भगतले बताएकी छिन् ।
हरिनगर गाउँपालिकाभित्र रहेको रामलक्ष्मण अधारभुत, रामजानकी अधारभुत विधालय र जनता माध्यमिक विधालयमा बिहिवार अनुगमन गरेका हुन् ।
अर्धवार्षिक परीक्षा शान्त वातावरण र मर्यादित तथा व्यवस्थित तरिकाले संचालन भएको अनुगमन टोलीका हरिनगर गाउँपालिकाको शिक्षा शाखाका अजित कुमार मल्लिकले जानकारी दिएका छन् । परीक्षा हलभित्र शिक्षक तथा निरीक्षकको उपस्थितीमा विधार्थीहरुलाई परीक्षा कडाईका साथ लिइरहेको उनले बताए ।
अनुगमन गर्ने क्रममा विधालयका शिक्षक र विधार्थीहरुले पोशाक अनिर्वाय लगाउनुपर्ने सुझाव दिदै अनुगमन टोलीले विधालयमा पोशाक लगाएर नआए पोशाक भत्ता कटौती गर्ने र कार्वाही प्रक्रिया अगाडी बढाउने शिक्षाका शाखाका मल्लिकले संचारकर्मीहरुको कुराकानीमा बताए ।
अनुगमन टोलीमा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत सुजन ढुङ्गेल, शिक्षा शाखाका अजित कुमार मल्लिक, संचारकर्मीहरु टोमराज मेहता र लुकमान अन्सारी (बी) लगायतको सहभागिता रहेको थियो ।