संगम बिष्ट
चतरा । प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।
वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को गोल अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिलौ चतरणमा प्रवेस गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हापको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीकोलागि भिम बिकले पहिलो गोल गरेका थिए । भन्ने पहिलो हापकै ३० औं मिनेटमा सप्तकोसीले पुन गोल गर्दै गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम साहिले गरेका थिए ।
पहिलो हापमा दुई गोलले अग्रता लिएको खेलमा दोस्रो हापको २६ औं मिनेटमा चतराले गरेको थियो । चतराकालागि दिवस लिम्बू गोल गर्दै खेलमा फर्किने लक्ष्यण देखाएका थिए । तर त्यस पछि दुबै टिमबाट कुनै गोल नभए पछि सप्तकोशिले चतरामाथि २–१ गोलले बिजयी बनेको थियो ।
खेलमा उत्कृष्ट प्रदशन गर्दै १ गोल गरेका राम साहि खेलको म्यान अफ द म्याच घोषित भए । उनले वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईबाट नगद २ हजार र ट्रफि प्राप्त गरे ।
हाटखोला फुटबल क्लबको आयोजना सुरु प्रतियोगिताको उदघाटन प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले प्रमुख निर्णायकलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । उनले खेल मैदानको निर्माणकालागि हाटखोला फुटवल क्लबले आयोजना गरेको प्रतियोगिताको सफलताको शुभकामना र खेल मैदान निर्माणकालागि सवै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
क्लवका सचिव रोहित साहको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा वराहक्षेत्र – २ का वडाध्यक्ष हरिकृष्ण भट्टराई , चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता भण्डारी (पौडेल), नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिका नि–बर्तमान सभापति नारायण नेपाल , आदर्श सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष टेकमाया पाण्डे , नेपाली कांग्रेस वराहक्षेत्र – २ सभापति अमर कटुवाल , नेकपा एमाले वराहक्षेत्र – २ अध्यक्ष जितेन्द्र राई , किराया चतरा अध्यक्ष लालकुमार राई लगाए आयिथ्ता रहेको थियो । कार्यक्रममा स्बागत भाषण गर्दै पुर्व खेलाडी रोशन श्रेष्ठले खेलमैदानको पुर्बआदारमा जोड दिन आग्रह गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल हाटखोला फुटबल क्लव निलो र एभरेस्ट फुटबल क्लव नडाहका बिच हुनेछ ।