हरिनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक अधिवेशनबाट हरिनगर गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण मेहता चयन भएका छन् । नेकपा एमाले हरिनगर गाउँपालिकाको प्रथम ऐतिहासिक अधिबेशनबाट मेहताको अध्यक्षताको ५७ जनाको पालिका स्तरीय समिति गठन भएको हो ।
नेकपा एमाले हरिनगरको उपाध्यक्षमा नसिम अन्सारी, सचिवमा जयप्रकाश साह, उपसचिवहरुमा लुकमान अन्सारी,रामनारायण कँवर,जियाउद्विन मियाँ सर्वसम्मतबाट चयन भएका हुन् । यसैगरी सदस्यहरुमा विदयानन्द नुन्दी, घोंघर मलाहा, तफेजुल अन्सारी, रामदेव यादव, सत्यनारायण यादव, संगिता देवी मण्डल, मिलावती देवी राम, बसिर अन्सारी, चन्द्रकला देवी यादव, रामलाल उराँव, ललित मण्डल, सहिदा खातुन, सुनिता देवी सरदार, रुपा देवी मण्डल, रेणुदेवी मेहता र सत्य नारायण मेहता लगायत ५७ सदस्यीय कार्यसमिति चयन भएको नेकपा एमाले हरिनगरले जनाएको छ ।
नेकपा एमाले हरिनगरका अध्यक्ष कृष्ण मेहताले कार्यसमितिको बैठकबाट पालिकाभित्र रहेका ७ वटा वडाबाट क्रियाशिल नेता तथा कार्यकर्ताहरुलाई छनौट गरी मनोनित गर्ने बताएका छन् ।
नेकपा एमाले हरिनगरले आगामी दिनमा पार्टीको हितको लागि संगठन बिस्तार गरि बलियो बनाउने कार्यमा सक्रिय रहने उनले बताए । नेकपा एमाले हरिनगरले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई बिजयी बनाउने कार्यमा अहिलेदेखी नै कसरत सुरु गरेको उनले बताए ।
प्रथम अधिवेशनमा जिल्ला कमिटि सचिव पर्शुराम यादव प्रमुख अतिथि, बिशिष्ट अतिथि नेकपा एमाले १ नम्बर प्रदेशका सदस्यहरु लस्करी अन्सारी, अजय कुसियैत, जफर जमाली , पारस साह , जिल्ला सदस्य तथा गाउँ इन्चार्ज अताबुल अन्सारी, शोभालाल मण्डल, प्रविण प्रसाद गुप्ता, द्धारिकलाल साह, सुनिता मेहता, बविता यादव र ताहिर अन्सारी, अक्रम अलि र गंगा साह लगायतका नेताहरुको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो ।











